Lucky-Khabar_

देवाही–गोनाहीका मेयर पदमुक्त प्रकरण : प्रभु साहद्वारा एमालेमाथि लोकतन्त्रको उपहास गरेको आरोप

वीरगञ्ज । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देवाही–गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानूलाई पदमुक्त गरिएको घटनाप्रति कडा आपत्ति जनाउँदै नेकपा (एमाले)ले लोकतान्त्रिक मूल्य–मान्यता र संवैधानिक व्यवस्थाको उल्लंघन गरेको आरोप लगाएका छन्।

content ad p2

शनिबार जारी गरेको वक्तव्यमा अध्यक्ष साहले अन्य दलबाट निर्वाचित जनप्रतिनिधिलाई आफ्नो पार्टीमा भित्र्याउने एमालेले देवाही–गोनाही नगरपालिकाका मेयरलाई भने असंवैधानिक रूपमा पदमुक्त गर्नु दोहोरो मापदण्ड भएको टिप्पणी गरेका छन्।

उनले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले जसपाबाट निर्वाचित वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहसहित विभिन्न स्थानीय तहका प्रमुखलाई एमालेमा प्रवेश गराएको स्मरण गराउँदै, दल नै नत्यागेका मेयर प्रेमलाल साह कानूलाई पदमुक्त गर्नु लोकतान्त्रिक अभ्यासविपरीत र हास्यास्पद भएको बताएका छन्।साहका अनुसार स्थानीय निर्वाचनमा जनमतका आधारमा निर्वाचित भएका मेयर कानूलाई संविधान र कानूनमा व्यवस्था नै नभएको आधारमा हटाइएको हो। उनले उक्त निर्णय नगरपालिकामाथि राजनीतिक नियन्त्रण कायम गर्ने उद्देश्यले गरिएको आरोपसमेत लगाएका छन्।वक्तव्यमा उनले एमाले नेतृत्वलाई नैतिकताको ख्याल गर्न आग्रह गर्दै अन्य दलबाट निर्वाचित जनप्रतिनिधिलाई आफ्नो पार्टीमा प्रवेश गराउने नेतृत्वले देवाही–गोनाहीका मेयरलाई पदमुक्त गर्नु आफैंमा विरोधाभासपूर्ण भएको उल्लेख गरेका छन्।

पूर्वमन्त्री साहले मेयर प्रेमलाल साह कानू एमालेको मतका आधारमा नभई आफ्नै जनाधारबाट निर्वाचित भएको दाबी गर्दै पछिल्लो स्थानीय निर्वाचनमा उक्त नगरपालिकामा एमालेले करिब पाँच सय मत मात्र प्राप्त गरेको तथ्यांक पनि उल्लेख गरेका छन्। उनले एमाले नेतृत्वमाथि लोकतन्त्रविरोधी र षड्यन्त्रकारी प्रवृत्ति अपनाएको आरोपसमेत लगाएका छन्।साथै, उनले नेपालको संविधानको धारा २१६ को उपधारा (८) अनुसार स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा सदस्यको पद राजीनामा, मृत्यु वा पदावधि समाप्त भएको अवस्थामा मात्र रिक्त हुने व्यवस्था रहेको उल्लेख गर्दै त्यसविपरीत गरिएको पदमुक्ति संविधानको भावना र कानुनी व्यवस्थाविपरीत भएको जिकिर गरेका छन्।

सम्बन्धित खबर

विशेष अदालतको फैसला : वीरगञ्जका मेयर राजेशमान सिंहसहित सात जनाले पाए सफाइ

लक्की खबर

प्याब्सन पर्सा र प्याब्सन बीरगञ्जको आयोजनामा संविधान दिवसमा विद्यार्थीका लागि वक्तृत्वकला प्रतियोगिता आयोजना हुने

लक्की खबर

बैरगनियामा बौद्धिक परिषद् रौतहटका अध्यक्ष झामाथि कुटपिटको आरोप

लक्की खबर