Lucky-Khabar_

भारतीय अभिनेता विक्रान्त मास्से काठमाडौंमा

काठमाडौं । चर्चित भारतीय अभिनेता विक्रान्त मास्से शनिबार काठमाडौं आइपुगेका छन्। उनी राजधानीको सोल्टी होटलमा आयोजना भइरहेको ईएमएफ एसीई ग्लोबल कन्भेन्सन एण्ड अवार्ड २०२६ मा सहभागी हुन नेपाल आएका हुन्।

content ad p2

यसअघि शुक्रबार बलिउड अभिनेत्री शिल्पा सेट्ठी पनि सोही कार्यक्रममा सहभागी हुन काठमाडौं आएकी थिइन्। आयोजकका अनुसार दुई दिने सम्मेलनमा बलिउड अभिनेता शक्ति कपुर समेत सहभागी हुनेछन्।

कार्यक्रममा नेपाली अभिनेत्री मनिषा कोइरालाको पनि सहभागिता रहने जनाइएको छ। सम्मेलनमा भारतसहित सात देशका करिब ५५० जना इभेन्ट, वेडिङ, पर्यटन तथा आतिथ्य क्षेत्रका व्यवसायी, लगानीकर्ता र गन्तव्य विशेषज्ञहरूको उपस्थिति रहनेछ।

आयोजकका अनुसार नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा लक्जरी वेडिङ (विवाह) गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने उद्देश्यका साथ सम्मेलन आयोजना गरिएको हो। कार्यक्रममार्फत नेपालमा वैवाहिक पर्यटन, लगानी र आतिथ्य उद्योगको प्रवर्द्धनका साथै अन्तर्राष्ट्रिय बजारमा नेपालको पहिचान थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

सम्बन्धित खबर

विशेष अदालतको फैसला : वीरगञ्जका मेयर राजेशमान सिंहसहित सात जनाले पाए सफाइ

लक्की खबर

प्याब्सन पर्सा र प्याब्सन बीरगञ्जको आयोजनामा संविधान दिवसमा विद्यार्थीका लागि वक्तृत्वकला प्रतियोगिता आयोजना हुने

लक्की खबर

बैरगनियामा बौद्धिक परिषद् रौतहटका अध्यक्ष झामाथि कुटपिटको आरोप

लक्की खबर