Lucky-Khabar_

भारतीय स्थल सेनाका प्रमुख जनरल धीरज सेठ नेपाल आउने

काठमाडौं । भारतीय स्थल सेनाका प्रमुख जनरल धीरज सेठ यही साउन ३१ गते पाँचदिने औपचारिक भ्रमणका लागि नेपाल आउने भएका छन्।

content ad p2

नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणालाई स्वीकार गर्दै जनरल सेठ नेपाल आउन लागेका हुन्। भ्रमणका क्रममा उनलाई नेपाल–भारतबीचको सैनिक परम्पराअनुसार नेपाली सेनाको मानार्थ महारथी (जनरल) को प्रतिष्ठित दर्ज्यानी चिह्न प्रदान गरिने कार्यक्रम तय गरिएको छ।

भारतीय सेनाको ३१औँ प्रमुखको जिम्मेवारी गत असार १५ गते (जुन ३०) सम्हालेका जनरल सेठको यो पहिलो नेपाल भ्रमण हुनेछ। भ्रमणका क्रममा उनले राष्ट्रपति, प्रधानमन्त्री तथा नेपाली सेनाका उच्च अधिकारीहरूसँग शिष्टाचार भेटवार्ता गर्ने र द्विपक्षीय सैन्य सहकार्य, तालिम, अनुभव आदानप्रदान तथा सुरक्षा सम्बन्धी विषयमा छलफल गर्ने अपेक्षा गरिएको छ।

नेपाल र भारतबीच दशकौँदेखि एकअर्काका सेनाप्रमुखलाई मानार्थ महारथी (जनरल) को उपाधि प्रदान गर्ने परम्परा रहँदै आएको छ। यसलाई दुई देशबीचको सैनिक सम्बन्ध, पारस्परिक विश्वास र ऐतिहासिक मित्रताको प्रतीकका रूपमा लिइन्छ।

जनरल सेठको नेपाल भ्रमणले नेपाल–भारतबीचको रक्षा सहकार्य, सैन्य सम्बन्ध तथा आपसी समझदारीलाई थप मजबुत बनाउने विश्वास नेपाली सेनाले व्यक्त गरेको छ।

सम्बन्धित खबर

प्रगतिशील लोकतान्त्रिक पार्टीमा विभाजन: पार्टी छोडेको नेता राम कार्कीको घोषणा

लक्की खबर

कोइराला निवास मर्मतका लागि छुट्याइएको २ करोड रुपैयाँ शेखर कोइरालाले फिर्ता गरे

लक्की खबर

वीरगञ्ज नाकाबाट शीर्ष १० वस्तुको आयात बढ्यो, पेट्रोलियममा मात्रै २ खर्ब ३८ अर्ब

लक्की खबर