सिराहा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेशका सभापति तथा सिराहा निर्वाचन क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य तपेश्वर यादव मिर्चैया उद्योग वाणिज्य संघमा आयोजित उद्योगी–व्यवसायीसँगको अन्तरक्रिया कार्यक्रममा सहभागी भएका छन्।

कार्यक्रममा स्थानीय उद्योगी तथा व्यवसायीहरूले व्यवसाय सञ्चालनका क्रममा भोगिरहेका विभिन्न समस्या, चुनौती, गुनासा तथा सुझावबारे खुला छलफल गरेका थिए।सो अवसरमा सांसद यादवले व्यवसायमैत्री वातावरण निर्माण, स्थानीय उद्योग–व्यवसायको प्रवर्द्धन, लगानीको सुरक्षा तथा आर्थिक गतिविधिलाई थप सशक्त बनाउन आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।
उनले व्यवसायी समुदायका जायज माग, सुझाव तथा सरोकारलाई सम्बन्धित निकायसम्म पुर्याई समाधानका लागि पहल गर्ने विश्वास व्यक्त गर्दै निजी क्षेत्र र सरकारबीचको सहकार्यलाई प्रभावकारी बनाउन यस्ता अन्तरक्रिया कार्यक्रम महत्वपूर्ण हुने बताए।


