वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) राजु कार्कीको सक्रिय, नागरिकमैत्री तथा जिम्मेवार कार्यशैलीप्रति स्थानीयवासीले सकारात्मक प्रतिक्रिया व्यक्त गरेका छन्।

स्थानीयका अनुसार डीएसपी कार्कीले पर्सा जिल्लामा शान्ति–सुरक्षा कायम गर्न, कानुनको प्रभावकारी कार्यान्वयन गर्न तथा नागरिकको सुरक्षालाई प्राथमिकतामा राख्दै इमानदारी, निष्पक्षता र व्यावसायिक ढंगले जिम्मेवारी निर्वाह गर्दै आएका छन्।
विभिन्न सामाजिक तथा धार्मिक कार्यक्रमहरूमा प्रभावकारी सुरक्षा व्यवस्थापन गरेको भन्दै उनको कार्यशैलीको प्रशंसा गरिएको छ। विशेषगरी गहवा माई रथयात्रा, हनुमान जयन्तीलगायत हजारौं श्रद्धालु सहभागी हुने धार्मिक कार्यक्रमहरू शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराउन उनले सुरक्षा व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेलेको स्थानीयको भनाइ छ। यस्ता संवेदनशील अवसरमा प्रहरीले अपनाएको सुरक्षा सतर्कताले नागरिकमा सुरक्षा अनुभूति र विश्वास बढाएको उनीहरूको दाबी छ।
स्थानीयवासी तथा विभिन्न सामाजिक क्षेत्रका व्यक्तिहरूले डीएसपी कार्कीले देखाएको समर्पण, अनुशासन, निष्ठा र नागरिकमैत्री सेवाको प्रशंसा गर्दै आगामी दिनमा पनि यही प्रतिबद्धताका साथ जिम्मेवारी निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन्।
यसैबीच, उत्कृष्ट कार्यसम्पादन, व्यावसायिक नेतृत्व तथा नागरिकमैत्री प्रहरी सेवाको कदर गर्दै डीएसपी राजु कार्कीलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट सम्मान वा पुरस्कार प्रदान गर्नुपर्ने आवाज पनि केही सामाजिक अगुवा तथा स्थानीयवासीबाट उठ्न थालेको छ।


