Lucky-Khabar_

विद्युतीय एम्बुलेन्स र शव वाहनमा मूल्य अभिवृद्धि कर छुट

काठमाडौं । नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतीय माध्यमबाट सञ्चालन हुने एम्बुलेन्स र शव वाहनहरूलाई सरकारले ठुलो राहत प्रदान गर्दै कर छुट दिने निर्णय गरेको छ ।

content ad p2

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले विद्युतीय एम्बुलेन्स र शव वाहनमा लाग्ने पूर्वाधार लगानी शुल्क तथा मूल्य अभिवृद्धि कर (भ्याट) मा पूर्ण रूपमा छुट दिने महत्वपूर्ण निर्णय गरेको हो ।

मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले स्वास्थ्य सेवालाई सहज बनाउन र पर्यावरणमैत्री सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्न यो नीतिगत छुट दिइएको जानकारी दिएका छन् ।

सम्बन्धित खबर

मधेशका १ सय ६२ जना अझै रसुवा बाढीमा बेपत्ता

लक्की खबर

तीजको खर्च कटाएर बाढीपीडितलाई सहयोग गर्दै टाइगरचोक एकता आमा समूह

लक्की खबर

रौतहटको बीपी आदर्श माविमा भ्रष्टाचारको चाङ

Akleshsaran Patel