Lucky-Khabar_

धवलशमशेर राणाले दर्ता गरे ‘जय नेपाल पार्टी’, प्रसाईंसँगको सहकार्य टुट्यो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर राणाले ७९ सदस्यीय केन्द्रीय कार्यसमिति रहने गरी नयाँ राजनीतिक दल ‘जय नेपाल पार्टी’ दर्ता प्रक्रिया औपचारिक रूपमा अघि बढाएका छन्।

content ad p2

राणाले शुक्रबार निर्वाचन आयोग पुगेर आफ्नै नेतृत्वमा पार्टी दर्ता गराएका हुन्। पार्टीको प्रस्तावित चुनाव चिह्न र झण्डामा सेतो रङको त्रिभुज राखिएको छ।

नयाँ दल गठनका लागि केही समयअघि राणा र अभियन्ता दुर्गा प्रसाईंबीच सहकार्यको समझदारी बनेको थियो। प्रारम्भिक सहमतिअनुसार राणालाई अध्यक्ष र प्रसाईंलाई सर्वोच्च नेताको भूमिकामा राखेर पार्टी अघि बढाउने तयारी थियो।

तर नेतृत्वको वरीयता र कार्यकारी अधिकार बाँडफाँडको विषयमा विवाद बढ्दै गएपछि दुई नेताबीचको सम्बन्ध चिसिएको थियो। पार्टीमा कसको वर्चस्व रहने भन्ने विषयमा सहमति जुट्न नसकेपछि राणाले प्रसाईं पक्षलाई बाहिर राखेर एकल रूपमा दल दर्ता प्रक्रिया अघि बढाएका हुन्।

यससँगै राणा र प्रसाईंबीच नयाँ राजनीतिक शक्ति निर्माणका लागि भएको सहकार्य दुई महिनामै औपचारिक रूपमा टुंगिएको छ।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर