Lucky-Khabar_

धवलशमशेर राणाले दर्ता गरे ‘जय नेपाल पार्टी’, प्रसाईंसँगको सहकार्य टुट्यो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर राणाले ७९ सदस्यीय केन्द्रीय कार्यसमिति रहने गरी नयाँ राजनीतिक दल ‘जय नेपाल पार्टी’ दर्ता प्रक्रिया औपचारिक रूपमा अघि बढाएका छन्।

content ad p2

राणाले शुक्रबार निर्वाचन आयोग पुगेर आफ्नै नेतृत्वमा पार्टी दर्ता गराएका हुन्। पार्टीको प्रस्तावित चुनाव चिह्न र झण्डामा सेतो रङको त्रिभुज राखिएको छ।

नयाँ दल गठनका लागि केही समयअघि राणा र अभियन्ता दुर्गा प्रसाईंबीच सहकार्यको समझदारी बनेको थियो। प्रारम्भिक सहमतिअनुसार राणालाई अध्यक्ष र प्रसाईंलाई सर्वोच्च नेताको भूमिकामा राखेर पार्टी अघि बढाउने तयारी थियो।

तर नेतृत्वको वरीयता र कार्यकारी अधिकार बाँडफाँडको विषयमा विवाद बढ्दै गएपछि दुई नेताबीचको सम्बन्ध चिसिएको थियो। पार्टीमा कसको वर्चस्व रहने भन्ने विषयमा सहमति जुट्न नसकेपछि राणाले प्रसाईं पक्षलाई बाहिर राखेर एकल रूपमा दल दर्ता प्रक्रिया अघि बढाएका हुन्।

यससँगै राणा र प्रसाईंबीच नयाँ राजनीतिक शक्ति निर्माणका लागि भएको सहकार्य दुई महिनामै औपचारिक रूपमा टुंगिएको छ।

सम्बन्धित खबर

रौतहटको बीपी आदर्श माविमा भ्रष्टाचारको चाङ

Akleshsaran Patel

वीरगञ्ज हुँदै भारत लैजाँदै गरेको दुई बोलेरोबाट दुई क्विन्टल गाँजा बरामद

लक्की खबर

उद्योगपति सुरेश रुङ्गटाले भोटेकोसी बाढीपीडितका लागि दिए २ करोड १ लाख

लक्की खबर