Lucky-Khabar_

बिरगंजमा गुडविल सोसाइटीद्वारा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, सयौंले गरे रक्तदान

बिरगंज | बिरगंज महानगरपालिकाका कार्यवाहक नगर प्रमुख इम्तियाज आलमको प्रमुख आतिथ्यतामा गुडविल सोसाइटीद्वारा एक बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

content ad p2

​रगतको अभावलाई कम गर्ने र मानवीय सेवामा योगदान पुर्‍याउने पवित्र उद्देश्यका साथ आयोजना गरिएको उक्त कार्यक्रममा करिब सयौंको संख्यामा रक्तदाताहरूले उत्साहपूर्वक रक्तदान गरेका थिए।

​कार्यक्रमका प्रमुख अतिथि तथा का.बा. नगर प्रमुख इम्तियाज आलमले रक्तदान जस्तो महान् कार्यमा सहभागी भएका सम्पूर्ण रक्तदाताहरूलाई सम्मान गर्दै प्रमाणपत्र वितरण गर्नुभएको थियो। सो अवसरमा उहाँले मानव जीवन बचाउने यस्ता सामाजिक कार्यहरूमा समाजका हरेक वर्गको अग्रसरता आवश्यक रहेको बताउनुभयो।

​उक्त रक्तदान कार्यक्रममा बिरगंज भन्सारको शस्त्र प्रहरी नायब निरीक्षक बिकास अधिकारि,बेस क्याम्प सिर्सियाको शस्त्र प्रहरी निरीक्षक समराज खडका,बिरगंज महानगरपालिकाका वडा अध्यक्ष महमद रेयाज मियाँ तेली, वडा सदस्य बासिर मियाँ हजाम लगायत उल्लेख्य रूपमा स्थानीय युवाहरूको बाक्लो र सक्रिय सहभागिता रहेको थियो। युवा वर्गको स्वतःस्फूर्त सहभागिताले कार्यक्रमलाई थप ऊर्जावान बनाएको थियो।

​स्थानीय स्तरमा रगतको अभाव हुन नदिन गुडविल सोसाइटीले खेलेको यस मानवीय भूमिकाको कार्यक्रममा उपस्थित अतिथि तथा स्थानीय बासिन्दाहरूले उच्च प्रशंसा गरेका थिए।

सम्बन्धित खबर

रौतहटको बीपी आदर्श माविमा भ्रष्टाचारको चाङ

Akleshsaran Patel

वीरगञ्ज हुँदै भारत लैजाँदै गरेको दुई बोलेरोबाट दुई क्विन्टल गाँजा बरामद

लक्की खबर

उद्योगपति सुरेश रुङ्गटाले भोटेकोसी बाढीपीडितका लागि दिए २ करोड १ लाख

लक्की खबर