Lucky-Khabar_

पटक–पटक यौन दुर्व्यवहारको आरोप लागेका निजी विद्यालयका प्रिन्सिपल पक्राउ

परासी । नवलपरासीमा १५ वर्षीया छात्रालाई पटक–पटक अश्लील सन्देश पठाएर यौन प्रस्ताव राखेको आरोपमा निजी विद्यालयका प्रिन्सिपल पक्राउ परेका छन्।

content ad p2

सुस्ता गाउँपालिका–१, सिङ्हास्थित न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालकसमेत रहेका ४६ वर्षीय भरत न्यौपानेलाई पीडित पक्षको जाहेरीका आधारमा प्रहरीले पक्राउ गरेको हो। उनीविरुद्ध बाल यौन दुर्व्यवहारसम्बन्धी जाहेरी परेपछि इलाका प्रहरी कार्यालय बेलाटारीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी डिएसपी मदन थापाले जानकारी दिए।

प्रहरीका अनुसार न्यौपानेले आफ्नै विद्यालयमा अध्ययनरत छात्रालाई करिब ५–६ महिनादेखि पटक–पटक अश्लील सन्देश पठाउँदै आएका थिए। पछिल्लो समय यौन प्रस्तावसमेत राख्न थालेपछि छात्राले साथी र अभिभावकलाई जानकारी गराएकी थिइन्। त्यसपछि परिवारले प्रहरीमा जाहेरी दिएको हो।

पक्राउ परेका न्यौपानेलाई अदालतबाट म्याद थप गरी घटनाबारे थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ।यसअघि पनि न्यौपानेमाथि सोही विद्यालयकी अर्की छात्रामाथि यस्तै व्यवहार गरेको आरोप लागेको थियो। विद्यालयबाहिर समेत उनले यस्तै गतिविधि गरेको र विगतमा ५–६ पटकसम्म यस्ता घटना भएको एक शिक्षकले दाबी गरेका छन्।

उनका अनुसार विगतमा एउटा घटनामा पीडित पक्षसँग सहमति गराएर मिलाइएको थियो। तर, पटक–पटक यस्तै घटना दोहोरिएपछि प्रहरीमा उजुरी गर्नुपरेको उनले बताए।

डिएसपी थापाले पनि न्यौपानेमाथि विगतमा यस्तै व्यवहार गरेको भन्ने जानकारी सुनिएको बताए। उनका अनुसार प्रहरीमा औपचारिक उजुरी नपरेका घटनाबारे कानुनी प्रक्रिया अघि बढाउन कठिन हुने भएकाले अहिले परेको जाहेरीका आधारमा अनुसन्धान भइरहेको छ।

सम्बन्धित खबर

त्रिशूली नदी किनारमा भेटिएको सेफ लकर नेपाली सेनाले प्रहरीलाई बुझायो

लक्की खबर

रसुवा बाढीमा बेपत्ता २७ प्रहरीको सूची सार्वजनिक, एक जनाको शव भेटियो

लक्की खबर

पूर्वप्रधानमन्त्री सुशीला कार्कीद्वारा बाढीपीडितका लागि एक महिनाको पेन्सन सहयोग

लक्की खबर