Lucky-Khabar_

सांसद अशोक चौधरीद्वारा कालिका नगरका कृषकका समस्या र कृषि उपज बजारीकरणबारे छलफल

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अशोक चौधरीले कालिका नगरपालिकाका कृषकका समस्या, कृषि उत्पादनको अवस्था तथा कृषि उपजको बजारीकरणका विषयमा छलफल गरेका छन्।

content ad p2

रास्वपा कालिका नगर समितिका पदाधिकारी तथा वडा सभापतिहरूसँग भएको छलफलमा कृषकले उत्पादन गरेका कृषि उपजले उचित मूल्य नपाउने, बजारको सुनिश्चितता नहुने तथा स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्नुपर्ने विषयमा छलफल भएको हो।

छलफलमा सांसद चौधरीले कृषि उत्पादनमा विविधीकरण गर्दै कृषकलाई उत्पादनसँगै बजारीकरणमा समेत सहज वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए। उनले स्थानीय उत्पादनको प्रवर्द्धन र कृषकका समस्या समाधानका लागि आवश्यक पहल गर्नुपर्ने बताए।

कालिका नगरपालिकाको कृषि क्षेत्रलाई थप व्यवस्थित बनाउँदै कृषकले उत्पादन गरेका उपजको उचित मूल्य र बजार सुनिश्चित गर्ने विषयमा समेत छलफल भएको जनाइएको छ।

सम्बन्धित खबर

त्रिशूली नदी किनारमा भेटिएको सेफ लकर नेपाली सेनाले प्रहरीलाई बुझायो

लक्की खबर

रसुवा बाढीमा बेपत्ता २७ प्रहरीको सूची सार्वजनिक, एक जनाको शव भेटियो

लक्की खबर

पूर्वप्रधानमन्त्री सुशीला कार्कीद्वारा बाढीपीडितका लागि एक महिनाको पेन्सन सहयोग

लक्की खबर