Lucky-Khabar_

होटलको भिडिओ खिचेर सार्वजनिक गर्नेको खोजी तीव्र, सईमाथि विभागीय कारबाही

काठमाडौं । काभ्रेपलाञ्चोकको नमोबुद्ध बजारस्थित एक होटलमा प्रहरी सहायक निरीक्षक (सई) र एक महिलासँग सम्बन्धित भिडिओ खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गर्ने स्थानीय युवाहरूको प्रहरीले खोजी तीव्र पारेको छ। प्रहरीले उनीहरूले व्यक्तिको गोपनीयता भंग गर्दै गैरकानुनी रूपमा होटलको कोठामा प्रवेश गरेको जनाएको छ।

content ad p2

भकुण्डेबेसीस्थित प्रहरी चौकीका इन्चार्ज सई गणेश श्रेष्ठ आइतबार राति एक होटलमा पूर्वम्यादी प्रहरी महिलासँग बसेका बेला केही स्थानीय युवाहरू कोठाभित्र प्रवेश गरी उनीहरूको भिडिओ खिचेको बताइएको छ। त्यसपछि उक्त भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक गरिएको थियो।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी रविन कार्कीका अनुसार आपसी सहमतिमा महिला र पुरुष होटलमा बस्नु व्यक्तिगत विषय भएकाले सर्वसाधारणले आफैं होटलमा छापा मार्ने, कोठामा प्रवेश गर्ने वा भिडिओ खिचेर सार्वजनिक गर्ने कार्य गैरकानुनी हो। गोपनीयता भंग गर्ने कार्यमा संलग्नलाई कानुनी दायरामा ल्याइने उनले बताएका छन्।

घटनामा संलग्न युवाहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ। भिडिओमा देखिएकी महिलालाई भने सामान्य सोधपुछपछि छाडिएको बताइएको छ।

यता, प्रहरी चौकी इन्चार्जजस्तो जिम्मेवार पदमा रहेका सई श्रेष्ठमाथि पनि विभागीय कारबाही प्रक्रिया अघि बढाइएको छ। विवाहित रहेका श्रेष्ठले अन्य महिलासँग होटलमा बसेको घटनालाई प्रहरी आचरण र संगठनको प्रतिष्ठासँग जोडेर विभागीय छानबिन अघि बढाइएको हो।

प्रहरी स्रोतका अनुसार नदी आसपास निर्माण सामग्री ढुवानीमा रोक लगाइएको विषयमा स्थानीयमा रहेको असन्तुष्टिका कारण सई श्रेष्ठको व्यक्तिगत जीवनलाई निशाना बनाइएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।

सम्बन्धित खबर

बाढी प्रभावितका लागि समाजसेवी राजी राणाको १ करोड ९ लाख सहयोग

लक्की खबर

भोटेकोशी बाढीपछि उद्धार कोषमा सहयोगको ओइरो, ३६ घण्टामै १ अर्ब ९१ करोडभन्दा बढी संकलन

लक्की खबर

एक दिनमै ६०२ जनाको हेलिकप्टरमार्फत उद्धार, खोज तथा उपचार कार्य तीव्र

लक्की खबर