Lucky-Khabar_

मन्त्रीहरूले प्रधानमन्त्री शाहसँग गरे कार्यसम्पादन सम्झौता

काठमाडौं । प्रधानमन्त्री बालेन शाहसँग मन्त्रीहरूले चालु आर्थिक वर्षका लागि कार्यसम्पादन सम्झौता गरेका छन्।

content ad p2

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार आयोजित कार्यक्रममा मन्त्रीहरूले प्रधानमन्त्री शाहसँग कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गर्दै प्रति आदानप्रदान गरेका हुन्।

सम्झौतामा चालु आर्थिक वर्षमा मन्त्रालयमार्फत सम्पन्न गरिने मुख्य काम, अपेक्षित उपलब्धि तथा सरकारका प्राथमिकतालाई समेटिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।सुशासन, सामाजिक न्याय र समृद्धिलाई प्राथमिकतामा राख्दै मन्त्रालयहरूले हासिल गर्नुपर्ने प्रमुख लक्ष्य, कार्यक्रम तथा उपलब्धिलाई कार्यसम्पादनसँग जोडिएको छ।

प्रधानमन्त्री कार्यालयका अनुसार कार्यसम्पादन सम्झौताले सरकारका प्राथमिकता र वार्षिक लक्ष्यलाई प्रभावकारी रूपमा कार्यान्वयनमा लैजान तथा मन्त्रालयको कामलाई परिणाममुखी बनाउन सहयोग पुग्नेछ।यसैबीच, बुधबार नै नेपाल सरकारका मुख्यसचिव गोविन्दबहादुर कार्कीले पनि प्रधानमन्त्री शाहसँग कार्यसम्पादन सम्झौता गरेका छन्।

सम्बन्धित खबर

बाढी प्रभावितका लागि समाजसेवी राजी राणाको १ करोड ९ लाख सहयोग

लक्की खबर

भोटेकोशी बाढीपछि उद्धार कोषमा सहयोगको ओइरो, ३६ घण्टामै १ अर्ब ९१ करोडभन्दा बढी संकलन

लक्की खबर

एक दिनमै ६०२ जनाको हेलिकप्टरमार्फत उद्धार, खोज तथा उपचार कार्य तीव्र

लक्की खबर