Lucky-Khabar_

रसुवा बाढीमा बेपत्ता २७ प्रहरीको सूची सार्वजनिक, एक जनाको शव भेटियो

१३ भदौ, काठमाडौँ । चीनको सीमावर्ती क्षेत्र तिब्बततर्फबाट आएको विनाशकारी बाढीमा परी बेपत्ता भएका प्रहरी कर्मचारीहरूको विवरण नेपाल प्रहरीले सार्वजनिक गरेको छ ।

content ad p2

प्रहरी प्रधान कार्यालयका अनुसार बाढीमा परी २८ जना प्रहरी कर्मचारी बेपत्ता भएका थिए । तीमध्ये एक जनाको शव फेला परेको छ भने २७ जना अझै सम्पर्कविहीन छन् ।बाढीमा परी मृत्यु हुनेमा प्रहरी चौकी बेत्रावतीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) रामकाजी पौडेल रहेका छन् । उनको शव फेला परेपछि कानुनी प्रक्रिया तथा सनाखत पूरा गरी आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ ।

बाढीमा बगेर बेपत्ता भएका जवानदेखि प्रहरी नायब निरीक्षक (सई) दर्जासम्मका २७ जना प्रहरी कर्मचारीको खोजी कार्य जारी रहेको छ । सुरक्षाकर्मी तथा उद्धार टोलीले प्रभावित क्षेत्रमा अहोरात्र खोजी गरिरहेका भए पनि हालसम्म उनीहरूको अवस्थाबारे कुनै जानकारी प्राप्त हुन सकेको छैन ।

सीमावर्ती क्षेत्रमा रहेका प्रहरी चौकी तथा सुरक्षा पोस्टहरू बाढीले बगाउँदा ठूलो संख्यामा सुरक्षाकर्मी प्रभावित भएका हुन् ।बेपत्ता प्रहरी कर्मचारीको खोजी तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली प्रभावित क्षेत्रमा परिचालन गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर