Lucky-Khabar_

रसुवा बाढीमा बेपत्ता २७ प्रहरीको सूची सार्वजनिक, एक जनाको शव भेटियो

१३ भदौ, काठमाडौँ । चीनको सीमावर्ती क्षेत्र तिब्बततर्फबाट आएको विनाशकारी बाढीमा परी बेपत्ता भएका प्रहरी कर्मचारीहरूको विवरण नेपाल प्रहरीले सार्वजनिक गरेको छ ।

content ad p2

प्रहरी प्रधान कार्यालयका अनुसार बाढीमा परी २८ जना प्रहरी कर्मचारी बेपत्ता भएका थिए । तीमध्ये एक जनाको शव फेला परेको छ भने २७ जना अझै सम्पर्कविहीन छन् ।बाढीमा परी मृत्यु हुनेमा प्रहरी चौकी बेत्रावतीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) रामकाजी पौडेल रहेका छन् । उनको शव फेला परेपछि कानुनी प्रक्रिया तथा सनाखत पूरा गरी आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ ।

बाढीमा बगेर बेपत्ता भएका जवानदेखि प्रहरी नायब निरीक्षक (सई) दर्जासम्मका २७ जना प्रहरी कर्मचारीको खोजी कार्य जारी रहेको छ । सुरक्षाकर्मी तथा उद्धार टोलीले प्रभावित क्षेत्रमा अहोरात्र खोजी गरिरहेका भए पनि हालसम्म उनीहरूको अवस्थाबारे कुनै जानकारी प्राप्त हुन सकेको छैन ।

सीमावर्ती क्षेत्रमा रहेका प्रहरी चौकी तथा सुरक्षा पोस्टहरू बाढीले बगाउँदा ठूलो संख्यामा सुरक्षाकर्मी प्रभावित भएका हुन् ।बेपत्ता प्रहरी कर्मचारीको खोजी तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली प्रभावित क्षेत्रमा परिचालन गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

त्रिशूली नदी किनारमा भेटिएको सेफ लकर नेपाली सेनाले प्रहरीलाई बुझायो

लक्की खबर

पूर्वप्रधानमन्त्री सुशीला कार्कीद्वारा बाढीपीडितका लागि एक महिनाको पेन्सन सहयोग

लक्की खबर

बाढी प्रभावितका लागि समाजसेवी राजी राणाको १ करोड ९ लाख सहयोग

लक्की खबर