Lucky-Khabar_

भोटेकोसी बाढीपीडितलाई वीरगन्ज महानगरपालिकाले १ करोड ११ लाख सहयोग गर्ने

वीरगन्ज । भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि वीरगन्ज महानगरपालिकाले १ करोड ११ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ।

content ad p2

कार्यवाहक नगर प्रमुख इम्तियाज आलमको अध्यक्षतामा बसेको आकस्मिक कार्यपालिका बैठकले बाढीपीडितका लागि उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो।

महानगरपालिकाका अनुसार सहयोग रकम विभिन्न आन्तरिक स्रोतबाट जुटाइनेछ। त्यसका लागि महानगर मातहतका प्रत्येक वडा कार्यालयबाट १ लाख २५ हजार रुपैयाँका दरले रकम उपलब्ध गराइनेछ।

त्यसैगरी महानगरपालिकाका सम्पूर्ण जनप्रतिनिधिको एक महिनाको तलब तथा सेवा–सुविधाबराबरको रकम पनि बाढीपीडितका लागि प्रदान गरिने निर्णय भएको छ।महानगरपालिकामा कार्यरत कर्मचारीहरूको तलबबाट पनि निर्णयअनुसार निश्चित रकम कट्टा गरी सहयोगमा जम्मा गरिने जनाइएको छ।

भोटेकोसी बाढीका कारण ठूलो जनधनको क्षति भएकाले विपद्को कठिन अवस्थामा प्रभावित नागरिकलाई राहत र पुनरुत्थानमा सहयोग पुर्‍याउने उद्देश्यले आकस्मिक बैठक बोलाएर सहयोगको निर्णय गरिएको कार्यवाहक नगर प्रमुख आलमले बताए।

महानगरपालिकाले विपद्का बेला स्थानीय तहबीच सहकार्य र मानवीय सहयोग आवश्यक रहेको भन्दै बाढी प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा आफ्नो तर्फबाट सहयोग गर्ने जनाएको छ।

सम्बन्धित खबर

रौतहटको बीपी आदर्श माविमा भ्रष्टाचारको चाङ

Akleshsaran Patel

वीरगञ्ज हुँदै भारत लैजाँदै गरेको दुई बोलेरोबाट दुई क्विन्टल गाँजा बरामद

लक्की खबर

उद्योगपति सुरेश रुङ्गटाले भोटेकोसी बाढीपीडितका लागि दिए २ करोड १ लाख

लक्की खबर