Lucky-Khabar_

नारायणी अस्पतालबाट नवजात शिशु लिएर फरार भएकी महिला पक्राउ

वीरगञ्ज | वीरगञ्जस्थित नारायणी अस्पतालबाट नवजात शिशुलाई खेलाउने बहानामा लिएर गएको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।

content ad p2

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१६ की २७ वर्षीया सबिना खातुन रहेकी छन्। उनी आस महमदकी श्रीमती हुन्।

प्रहरीका अनुसार सर्लाहीको रामनगर गाउँपालिका–३ बहुअर्वाका रन्जय दासकी श्रीमती २७ वर्षीया रिन्कु देवीले भदौ १३ गते राति करिब ११ बजे नारायणी अस्पतालमा शल्यक्रियामार्फत छोरालाई जन्म दिएकी थिइन्।शिशु जन्मिएपछि अस्पतालमा सुत्केरीको कुरुवा बसेका आफन्तसँग एक महिलाले खेलाउने बहाना बनाई नवजात शिशुलाई लिएर गएको सूचना प्रहरीलाई प्राप्त भएको थियो।

सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट विशेष प्रहरी टोली परिचालन गरी खोजतलास सुरु गरिएको थियो। सोही क्रममा प्रहरीले भदौ १५ गते दिउँसो करिब १ बजे वीरगञ्ज महानगरपालिका–१६ बाट खातुनलाई नियन्त्रणमा लिएको जनाएको छ।प्रहरीले खातुनको साथबाट नवजात शिशुलाई सकुशल उद्धार गरी आफन्तको जिम्मा लगाएको जनाएको छ।

घटनामा संलग्न भएको आरोपमा पक्राउ परेकी खातुनमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।नवजात शिशुलाई अस्पतालबाट अनधिकृत रूपमा लिएर गएको घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।

सम्बन्धित खबर

भोटेकोशी बाढीपीडितका लागि वीरगञ्ज उद्योग वाणिज्य संघद्वारा १५ लाख १ हजार सहयोग

लक्की खबर

रसुवा बाढीपीडितका लागि वीरगन्जका जेन्जीयुवाहरुको सहयोग अभियान

लक्की खबर

मधेशका १ सय ६२ जना अझै रसुवा बाढीमा बेपत्ता

लक्की खबर