वीरगञ्ज । नेपालका विभिन्न क्षेत्रमा आएको बाढी–पहिरो प्रभावितका लागि पतञ्जलि नेपालको २ करोड ११ लाखको राहत अभियानवीरगञ्ज । नेपालका विभिन्न क्षेत्रमा आएको बाढी–पहिरोबाट प्रभावित नागरिकका लागि पतञ्जलि नेपालले २ करोड ११ लाख रुपैयाँ बराबरको राहत तथा मानवीय सहायता अभियान सञ्चालन गरेको छ।

स्वामी रामदेव र आचार्य बालकृष्णको प्रेरणामा पतञ्जलि नेपालले विपद्बाट प्रभावित तथा विस्थापित नागरिकलाई राहत सामग्री उपलब्ध गराउनुका साथै विभिन्न स्थानमा निःशुल्क भोजनको व्यवस्था गरेको जनाएको छ।
पतञ्जलि नेपालका अनुसार बाढी–पहिरो प्रभावित विभिन्न क्षेत्रमा एक दर्जनभन्दा बढी स्थानमा भण्डारा सञ्चालन गरी निःशुल्क भोजन वितरण भइरहेको छ। विपद्का कारण दैनिक जीवन प्रभावित भएका नागरिकलाई तत्काल राहत पुर्याउने उद्देश्यले अभियान सञ्चालन गरिएको संस्थाले जनाएको छ।संस्थाले आफ्नो मूल दर्शन ‘योग, आयुर्वेद र सेवा’ रहेको उल्लेख गर्दै प्राकृतिक विपत्तिको समयमा सामाजिक उत्तरदायित्व निर्वाह गर्नु आफ्नो दायित्व भएको बताएको छ। संकटमा परेका नागरिकलाई भोजन, राहत तथा आवश्यक सहयोग उपलब्ध गराउँदै उनीहरूको पीडामा साथ दिने उद्देश्यले अभियान अघि बढाइएको पतञ्जलि नेपालको भनाइ छ।
योग तथा आयुर्वेदको प्रवर्द्धनसँगै सामाजिक सेवाका क्षेत्रमा समेत आफ्नो भूमिका विस्तार गर्दै आएको पतञ्जलि नेपालले प्राकृतिक विपत्ति तथा अन्य सामाजिक आवश्यकताका समयमा सहयोग गर्दै आएको जनाएको छ।‘नर सेवा नै नारायण सेवा हो’ भन्ने मान्यताबाट प्रेरित भएर मानवीय सेवामा सक्रिय रहेको उल्लेख गर्दै संस्थाले विपत्तिको समयमा पीडित नागरिकलाई भोजन, राहत तथा आवश्यक सहयोग उपलब्ध गराउनु मानवताको महत्वपूर्ण दायित्व भएको जनाएको छ।
पतञ्जलि नेपालले बाढी–पहिरो प्रभावित नागरिकलाई लक्षित राहत तथा मानवीय सहायता अभियानलाई आगामी दिनमा समेत निरन्तरता दिने जनाएको छ।प्राकृतिक विपत्तिका बेला प्रभावित समुदायलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको यो अभियानलाई पतञ्जलि नेपालको सामाजिक उत्तरदायित्वअन्तर्गतको मानवीय प्रयासका रूपमा लिइएको छ।


