Lucky-Khabar_

अटो रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर बारामा एक जनाको मृत्यु

बारा । बाराको विश्रामपुर गाउँपालिका–२ कान्तिपुर बरैनियामा अटो रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

content ad p2

मृत्यु हुनेमा स्थानीय ५० वर्षीय शर्मा पटेल रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।प्रहरीका अनुसार मंगलबार आफ्नै घरमा अटो रिक्सा चार्ज गरिरहेका बेला पटेललाई अचानक करेन्ट लागेको थियो। करेन्ट लागेर गम्भीर घाइते भएका पटेलको उपचारका क्रममा मृत्यु भएको जनाइएको छ।

घटनापछि प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि कलैया पठाएको थियो। कलैयामा पोस्टमार्टम सम्पन्न भएपछि शव परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।परिवारले शव बुझेर पटेलको अन्त्येष्टिसमेत गरिसकेको प्रहरीले जनाएको छ।

अटो रिक्सा चार्ज गर्ने क्रममा पटेललाई कसरी करेन्ट लागेको हो भन्ने विषयमा थप विवरण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

भारतीय राजदूत नवीन श्रीवास्तवलाई वीरगञ्जमा बिदाइ

लक्की खबर

बाढीपीडितका लागि शंकर ग्रुपको ४ करोड सहयोग, २ हजार ५ सय टार्पोलिन टेन्ट वितरण

लक्की खबर

पर्सागढी–४ मा कंस वध मेला–२०८३ सुरु:प्रमुख अथिति सांसद साहद्वारा उद्घाटन

लक्की खबर