Lucky-Khabar_

कोल्हबीमा दुई थान भरुवा बन्दुकसहित वन्यजन्तुका अंग बरामद

कोल्हबीमा दुई थान भरुवा बन्दुकसहित वन्यजन्तुका अंग बराम
बारा । बाराको कोल्हबी नगरपालिका–२ स्थित कोल्हबी बाँध नजिकै एक घरमा छापा मार्दा दुई थान भरुवा बन्दुकसहित वन्यजन्तुका अंग, पासो थाप्ने सामग्री र अवैध काठ बरामद भएको छ।
कोल्हबी सब डिभिजन वन कार्यालयका प्रमुख वन अधिकृत कृष्ण पटेलको नेतृत्वमा वन रक्षक, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले राम बिनय दासको घरमा छापा मारेको हो।
छापाका क्रममा घरबाट दुई थान भरुवा बन्दुक, हरिणको छाला, पासो थाप्न प्रयोग हुने चार थान डोरीको जाल र धनेश चराको चुच्चो बरामद भएको वन कार्यालयले जनाएको छ।
यस्तै, घर परिसरबाट २८ थान चिरान काठ र एक थान काठको गोलिया गरी करिब ११ क्युफिट काठसमेत बरामद गरिएको डिभिजन वन अधिकृत सुजितकुमार झाले जानकारी दिनुभयो।
बरामद भएका सामग्री अवैध वन्यजन्तु सिकार तथा काठको कारोबारसँग सम्बन्धित हुन सक्ने आशंकामा वन कार्यालयले अनुसन्धान अघि बढाएको जनाएको छ। घरधनीसहित घटनामा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको छ।
बरामद हातहतियार, वन्यजन्तुका अंग, पासो र काठलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी नियन्त्रणमा राखिएको छ। घटनामा संलग्न व्यक्तिमाथि प्रचलित वन तथा वन्यजन्तु संरक्षणसम्बन्धी कानुनअनुसार कारबाही गरिने वन कार्यालयले जनाएको छ।

content ad p2

सम्बन्धित खबर

क्यासिनो प्रकरणमा गाउँपालिका अध्यक्ष र इन्सपेक्टरसहित आठ जनामाथि थप चार दिन म्याद

लक्की खबर

वार्षिक समीक्षा गोष्ठीमा पाँच स्वास्थ्य संस्था सम्मानित, प्रगतिमा आंशिक कमी

लक्की खबर

तीनकुनेबाट ७०५ थान ग्यास सिलिन्डर बरामद, कालोबजारीको आरोपमा एक पक्राउ

लक्की खबर