
वीरगञ्ज, भदौ २४ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पर्साको जिल्ला अध्यक्षमा पूर्व सांसद बिना जयसवाल कुर्मी सर्वसम्मत चयन हुनुभएको छ।
जिल्ला अधिवेशनबाट कुर्मीलाई अध्यक्षमा सर्वसम्मत चयन गरिएको हो। अध्यक्षमा चयन भएसँगै कुर्मीले पार्टीलाई जिल्लामा थप सुदृढ र प्रभावकारी बनाउँदै संगठन विस्तारमा प्राथमिकता दिने बताउनुभएको छ।
नवनिर्वाचित अध्यक्ष कुर्मीलाई पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्।


