Lucky-Khabar_

क्यासिनो प्रकरणमा गाउँपालिका अध्यक्ष र इन्सपेक्टरसहित आठ जनामाथि थप चार दिन म्याद

वीरगन्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव र प्रहरी निरीक्षक (इन्सपेक्टर) प्रदीप पौडेलसहित पक्राउ परेका आठ जनामाथि अनुसन्धानका लागि थप चार दिनको म्याद थप गरिएको छ।

content ad p2

जिल्ला प्रशासन कार्यालय पर्साले उनीहरूमाथि अनुसन्धान गर्न शुक्रबार थप चार दिनको म्याद दिएको हो। यसअघि पहिलो चरणमा उनीहरूमाथि ६ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको थियो।वीरगन्जको गण्डकस्थित क्लार्क रिसोर्टमा सञ्चालनमा रहेको गोल्डेन फिगर क्यासिनोबाट उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ परेका उनीहरूमाथि मुलुकी अपराध संहिताअनुसार गैरकानुनी जुवा तथा सट्टेबाजीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।प्रहरीले घटनासँग सम्बन्धित विषयमा थप प्रमाण तथा विवरण संकलन गर्ने क्रममा म्याद थप गरिएको जनाएको छ। अनुसन्धानपछि प्राप्त प्रमाणका आधारमा उनीहरूमाथि थप कानुनी प्रक्रिया अघि बढाइने बताइएको छ।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर