Lucky-Khabar_

पर्सामा भारी वर्षा, बाढी र चट्याङको जोखिम बढेपछि उच्च सतर्कता, उद्धार टोली २४ घण्टा ‘रेडी’ राख्ने निर्णय

वीरगञ्ज । पर्सामा भारी वर्षा, बाढी, डुबान, चट्याङ तथा हावाहुरीको जोखिमलाई मध्यनजर गर्दै जिल्ला विपद् व्यवस्थापन समितिले उच्च सतर्कता अपनाउने निर्णय गरेको छ।

content ad p2

जिल्ला विपद् व्यवस्थापन समितिको २०८३ असोज ८ गते बसेको बैठकलेगृह मन्त्रालय तथा मौसम पूर्वानुमान महाशाखाबाट जारी विशेष बुलेटिनलाई आधार बनाउँदै असोज ९ गते शुक्रबारदेखि ११ गतेसम्म जिल्लामा हुनसक्ने अति भारी वर्षा, मेघगर्जन, चट्याङ तथा हावाहुरीको जोखिमलाई मध्यनजर गरी उच्च सतर्कता अपनाउने निर्णय गरेको हो।

समितिले ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८३’ बमोजिमका सबै रणनीति तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको छ।

 उद्धार टोली २४ घण्टा तयारी अवस्थामा

सम्भावित बाढी, डुबान तथा हावाहुरीका घटनामा तत्काल उद्धार गर्न नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका उद्धार टोलीलाई आवश्यक खोज तथा उद्धार सामग्रीसहित २४ घण्टा ‘रेडी’ अवस्थामा राख्ने निर्णय गरिएको छ।

जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र (DEOC) लाई समेत सञ्चालनमा तयारी अवस्थामा राख्ने निर्णय बैठकले गरेको छ।

 जोखिम क्षेत्रमा सूचना प्रवाह र माइकिङ

भारी वर्षा र बाढीको उच्च जोखिममा रहेका नदी तटीय क्षेत्र तथा तल्लो भू–भाग, विशेषगरी ग्रामीण तथा डुबान सम्भावित बस्तीमा स्थानीय तह, सुरक्षा निकाय र पत्रकार महासंघमार्फत स्थानीय सञ्चारमाध्यम, एफएम रेडियो, गाउँ–गाउँमा माइकिङ तथा सामाजिक सञ्जालबाट मौसम र सुरक्षासम्बन्धी जानकारी तथा एड्भाइजरी प्रवाह गर्ने निर्णय गरिएको छ।

जोखिम अवधिभर सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन र सुरक्षित स्थानमा रहन अपिल गर्ने निर्णयसमेत गरिएको छ।

 जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा सारिने

जिल्लाका नदी तटीय तथा अन्य जोखिमयुक्त बस्ती पहिचान गरी पूर्वसतर्कता अपनाउने निर्णय गरिएको छ। विपद्को समयमा बढी संवेदनशील हुने महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकतामा राखी सामुदायिक भवन, विद्यालय तथा आवास क्षेत्रलगायत सुरक्षित आश्रयस्थलमा स्थानान्तरण गर्ने व्यवस्था मिलाइने भएको छ।

यसका लागि स्थानीय तहहरूसँग समन्वय र सहकार्य गर्ने निर्णय गरिएको छ।

 अस्पताल र एम्बुलेन्सलाई तयारी अवस्थामा राखिने

सम्भावित विपद्का कारण स्वास्थ्य क्षेत्रमा पर्नसक्ने असरलाई ध्यानमा राख्दै नारायणी अस्पताल, अन्य निजी अस्पताल, नर्सिङ होम तथा स्थानीय स्वास्थ्य केन्द्रहरूलाई आकस्मिक उपचार कक्ष, आवश्यक औषधि तथा चिकित्सकसहित तयारी अवस्थामा राख्न स्वास्थ्य कार्यालय, पर्सामार्फत निर्देशन दिने निर्णय गरिएको छ।त्यस्तै, जिल्लाभरिका एम्बुलेन्सलाई समेत तयारी अवस्थामा राख्ने निर्णय गरिएको छ।

सडक अवरुद्ध हुन नदिन JCB र हेभी उपकरण तयारीमा

भारी वर्षाका कारण सडक यातायात अवरुद्ध हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै मुख्य सडक खण्ड तथा हुलाकी राजमार्ग आसपासका क्षेत्रमा बाटो खुलाउन आवश्यक पर्ने JCB लगायत हेभी इक्विपमेन्ट तयारी अवस्थामा राख्ने निर्णय गरिएको छ।

यसका लागि सडक डिभिजन कार्यालय तथा स्थानीय तहसँग आवश्यक समन्वय गर्ने निर्णय जिल्ला विपद् व्यवस्थापन समितिले गरेको छ।समितिले विपद्को जोखिम न्यूनीकरण तथा सम्भावित क्षतिको सामना गर्न जिल्लाका सबै सम्बन्धित निकायबीच निरन्तर समन्वय, सूचना आदानप्रदान र पूर्वतयारीलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएको छ।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर