Lucky-Khabar_

लोककल्याणकारी विज्ञापनको ५० प्रतिशत बजेट रोकियो, अर्थमन्त्रीलाई महासंघको ज्ञापन

वीरगञ्ज । नेपाल पत्रकार महासंघ मधेस प्रदेशले सञ्चारमाध्यमका लागि विनियोजन गरिएको लोककल्याणकारी विज्ञापनको बजेट कटौती नगर्न मधेस प्रदेश सरकारसँग माग गरेको छ।

content ad p2

नेपाल पत्रकार महासंघ मधेस प्रदेशका अध्यक्ष श्याम बञ्जाराको नेतृत्वमा गएको टोलीले अर्थमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाउँदै चालु आर्थिक वर्षमा आमसञ्चार प्राधिकरणअन्तर्गत लोककल्याणकारी विज्ञापनका लागि विनियोजित बजेट यथावत् राख्न माग गरेको हो।चालु आर्थिक वर्षको बजेटको शीर्षक नम्बर २२३२३ अन्तर्गत लोककल्याणकारी विज्ञापनका लागि ७० लाख रुपैयाँ विनियोजन गरिएको थियो। तर, वित्तीय समायोजनका नाममा उक्त बजेटको ५० प्रतिशत रोकिएपछि सञ्चारमाध्यमका लागि ३५ लाख रुपैयाँ मात्र उपलब्ध हुने अवस्था आएको महासंघले जनाएको छ।

महासंघले विज्ञापन बजारमा आएको कमीका कारण पछिल्लो समय सञ्चारमाध्यमहरू आर्थिक संकटमा परेको जनाएको छ। आर्थिक संकटकै कारण कतिपय पत्रपत्रिका, रेडियो, टेलिभिजन तथा अनलाइन सञ्चारमाध्यम बन्द भइसकेको र केही बन्द हुने अवस्थामा पुगेको महासंघको भनाइ छ।लोकतन्त्र, गणतन्त्र तथा संघीयतालगायत राजनीतिक परिवर्तनका आन्दोलनमा सञ्चारमाध्यमले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै महासंघले सञ्चार क्षेत्रलाई थप संकटमा पर्न नदिन विनियोजित बजेट कटौती रोक्न प्रदेश सरकारसँग आग्रह गरेको छ।

त्यस्तै, पत्रकारिता क्षेत्रको समयानुकूल विकास तथा संस्थागत सुदृढीकरणका लागि स्थापना भएका मिडिया काउन्सिल र आमसञ्चार प्राधिकरणलाई थप प्रभावकारी बनाउन विनियोजित बजेट कटौती नगरी आवश्यकताअनुसार थप बजेट व्यवस्था गर्नसमेत महासंघले माग गरेको छ।

अध्यक्ष बञ्जाराले सञ्चार क्षेत्रको संस्थागत विकास तथा सञ्चारमाध्यमको निरन्तरताका लागि प्रदेश सरकारले आवश्यक कदम चाल्नुपर्ने बताउँदै अर्थमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाएका हुन्।ज्ञापनपत्र बुझाउने क्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य राजेश कर्ण, मधेस प्रदेशका सचिव शैलेन्द्र क्रान्तिलगायत महासंघका पदाधिकारीहरूको उपस्थिति थियो।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर