बुरागंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बारा क्षेत्र नं. ४ को क्षेत्रीय सभापतिमा लोकेश सिंह सर्वसम्मत निर्वाचित भएका छन्।

पार्टीको आन्तरिक प्रक्रियाबाट सिंह क्षेत्रीय सभापतिमा सर्वसम्मत चयन भएका हुन्। उनको चयनसँगै क्षेत्र नं. ४ मा कांग्रेसको संगठनलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।
सिंहको नेतृत्वमा संगठन विस्तार, कार्यकर्ताबीचको एकता तथा स्थानीय तहसम्म पार्टीका गतिविधिलाई प्रभावकारी बनाउनेमा जोड दिइने कांग्रेसका नेता–कार्यकर्ताले बताएका छन्। सर्वसम्मत चयन भएपछि क्षेत्र नं. ४ का कांग्रेस कार्यकर्ताले सिंहलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत विभिन्न तहमा नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया जारी छ।


