Lucky-Khabar_

कांग्रेसको १५औँ महाधिवेशन : केन्द्रीय सदस्यमा युवा नेताहरूको उम्मेदवारी घोषणा बढ्दो

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिएसँगै केन्द्रीय सदस्यका लागि युवा नेताहरूले उम्मेदवारी घोषणा गर्न थालेका छन्। पार्टीका विभिन्न तह तथा भ्रातृ संस्थामा जिम्मेवारी सम्हालिसकेका युवाहरू केन्द्रीय कार्यसमितिमा पुग्ने तयारीमा जुटेका हुन्।

content ad p2

असोज १८ देखि २२ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनमा कांग्रेस सुदूरपश्चिम प्रदेश सहमहामन्त्री अम्बिका चलाउने, सचिन तिमिल्सिना, सिद्धार्थ थापा, जनक चटौत र डा. डीबी सुनारलगायतले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

त्यस्तै, त्रिभुवन विश्वविद्यालयका निवर्तमान स्ववियु सभापति श्याम ओझा, कञ्चनपुरका मदन उपाध्याय, सांसद गीता गुरुङ, सुशील भट्ट, नवराज त्रिपाठी, मेघा शाही, आदर्श मल्ल, भुवन भट्ट र मुकेश घिमिरेले पनि केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिने तयारी गरेका छन्।कमला हमाल, राजकुमार श्रेष्ठ, एलिजा ढकाल, भरत वडायर जोशी, प्रेम शाही, सविन पराजुली, डा. सुदनकुमार वली र बिकल राईलगायत युवा नेताहरूले समेत केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन्।

कांग्रेसको विधानअनुसार केन्द्रीय कार्यसमितिमा ३५ वर्षमुनिका लागि २१ सदस्यको व्यवस्था छ। सात प्रदेशबाट दुई–दुई जनाका दरले १४ जना र बाँकी सात जना सबै प्रदेशका मतदाताबीचको प्रतिस्पर्धाबाट निर्वाचित हुनेछन्। प्रदेशबाट निर्वाचित हुने १४ जनामध्ये सात जना महिला हुनुपर्ने व्यवस्था छ।

यसपटक १६५ निर्वाचन क्षेत्रबाट ३५ वर्षमुनिको कोटामा ४९५ जना महाधिवेशन प्रतिनिधि सहभागी हुँदैछन्। खुला तथा अन्य क्लस्टरबाट समेत युवाहरू केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धामा उत्रिने तयारीमा छन्।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर