Lucky-Khabar_

खैरो हेरोइनसहित धनुषाबाट एक युवक पक्राउ

धनुषा । भारतबाट जटही नाका हुँदै खैरो हेरोइन ल्याउँदै गरेको आरोपमा प्रहरीले धनुषाबाट एक युवकलाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका–५ का २८ वर्षीय अरबिन्द साह ‘कानु’ रहेका छन्।

content ad p2

काठमाडौंका विभिन्न स्थानमा बिक्री वितरण गर्ने उद्देश्यले जटही नाका हुँदै खैरो हेरोइन ल्याउँदै गरेको विशेष सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्यूरो बर्दिवासबाट खटिएको प्रहरी टोलीले उनलाई जनकपुर उपमहानगरपालिका–१४ बाट पक्राउ गरेको हो।

प्रहरीले साहको साथबाट १६१.९७० ग्राम खैरो हेरोइन र एक थान मोटरसाइकल बरामद गरेको जनाएको छ।पक्राउ परेका साहलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय धनुषामा बुझाइएको छ।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर