Lucky-Khabar_

PMC एकेडेमी वीरगञ्जको स्वागत कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–८ स्थित PMC एकेडेमीमा कक्षा १२ का विद्यार्थीहरूले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई स्वागत गरेका छन्। वीरगञ्जस्थित होटल भिष्वामा आइतबार आयोजित स्वागत कार्यक्रम भव्य रूपमा सम्पन्न भएको हो।

content ad p2

कार्यक्रममा प्रमुख अतिथिका रूपमा अधिवक्ता तथा वरिष्ठ समाजसेवी प्रकाश उपाध्यायको उपस्थिति रहेको थियो भने कार्यक्रमको अध्यक्षता PMC एकेडेमीका प्रमुख प्रकाश यादवले गर्नुभएको थियो।

कार्यक्रममा एकेडेमीका वरिष्ठ प्रशिक्षक आशुतोष यादव, मधेश प्रदेशका वरिष्ठ अलाइन अंग्रेजी प्रशिक्षक श्याम विकेस महतो, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता राम आर्यलगायत वीरगञ्जका विभिन्न विद्यालय तथा शैक्षिक संस्थाका शिक्षकहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले विद्यार्थीहरू सफल हुन अनुशासन, मेहनत, सकारात्मक सोच र निरन्तर अध्ययन आवश्यक रहेकोमा जोड दिएका थिए। विद्यार्थीहरूले आफ्नो लक्ष्य निर्धारण गरी त्यसतर्फ इमानदारीपूर्वक अघि बढ्नुपर्ने उनीहरूको भनाइ थियो।

स्वागत कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सामाजिक तथा सांस्कृतिक झाँकी, नृत्य तथा सांस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गरेका थिए। कार्यक्रममा नयाँ विद्यार्थीहरूलाई स्वागत गर्दै उनीहरूको शैक्षिक यात्राका लागि शुभकामनासमेत व्यक्त गरिएको थियो।

कार्यक्रमको सहजीकरण PMC एकेडेमीका प्रशिक्षक अनिरुद यादवले गर्नुभएको थियो। कार्यक्रमले नयाँ विद्यार्थीहरूलाई एकेडेमीको शैक्षिक वातावरणसँग परिचित गराउँदै विद्यार्थीबीच आपसी सम्बन्ध र सहकार्य बढाउन महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर