Lucky-Khabar_

नेपाली कांग्रेसको १५औँ महाधिवेशनः सभापतिमा गगन थापा सर्वसम्मत निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापा पार्टीको सभापति पदमा सर्वसम्मत निर्वाचित हुनुभएको छ। सभापति पदका लागि दर्ता भएका अन्य उम्मेदवारी फिर्ता भएसँगै थापा सर्वसम्मत निर्वाचित हुनुभएको हो। सभापति पदका लागि मनोनयन दर्ता गराएका नेताहरू किशोरसिंह राठोर र श्यामकृष्ण खड्गीले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि निर्वाचन समितिले थापा सर्वसम्मत निर्वाचित भएको औपचारिक घोषणा गर्ने तयारी गरेको छ।काठमाडौँको खुलामञ्चमा जारी महाधिवेशनमा विशेष उत्साहका साथ नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढेको थियो। महाधिवेशनको उद्घाटन सत्रमा ‘बदलिएको समयको, बदलिएको कांग्रेस’ भन्ने नाराका साथ युवा नेतृत्व र पार्टी रूपान्तरणको एजेन्डालाई प्राथमिकता दिइएको थियो। गगन थापा यसअघि पार्टीको महामन्त्रीको रूपमा कार्यरत हुनुहुन्थ्यो। विद्यार्थी राजनीतिबाट उदाउनुभएका थापा पूर्वस्वास्थ्य मन्त्रीका साथै प्रभावशाली युवा नेताका रूपमा परिचित हुनुहुन्छ। उहाँको निर्वाचनसँगै कांग्रेसमा नयाँ पुस्ताको नेतृत्व स्थापित भएको छ। सर्वसम्मत निर्वाचित भएपछि प्रतिक्रिया दिँदै थापाले पार्टीलाई थप सुदृढ, एकजुट र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

content ad p2

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर