Lucky-Khabar_

उखु किसानलाई बालेन सरकारको डेढ अर्ब राहत

उखु किसानलाई बालेन सरकारको डेढ अर्ब राहत ! बर्दियादेखि कञ्चनपुरसम्मका किसानले पाउने अनुदान सरकारले उखु उत्पादक किसानलाई प्रोत्साहनस्वरूप १ अर्ब ५० करोड रुपैयाँ अनुदान उपलब्ध गराउने भएको छ। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले अनुदान वितरणसम्बन्धी कार्यविधि बिहीबार स्वीकृत गरेको उनको निजी सचिवालयले जनाएको छ। मन्त्रालयका अनुसार अनुदान बर्दिया, रौतहट, कैलाली र कञ्चनपुरका उखु किसानलाई वितरण गरिनेछ। सरकारले उखु किसानलाई वार्षिक रूपमा प्रतिक्विन्टल ७० रुपैयाँका दरले अनुदान उपलब्ध गराउँदै आएको छ। नयाँ कार्यविधि स्वीकृत भएसँगै किसानलाई अनुदान वितरण प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।

content ad p2

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर