Lucky-Khabar_

मधेश प्रदेश सरकारमा काङ्ग्रेस आउट एमालेको इन्ट्री

५ चैत,जनकपुर । मधेश  सरकारमा नेपाली कङ्ग्रेसलाई  सरकारबाट हटाइएको छ र  नेकपा एमाले सहभागी गराएको छ  ।मधेश प्रदेश संसदीय दलका नेता  सरोजकुमार यादवले भौतिक पुर्वाधार बिकास मन्त्रत्रालयको जिम्मेवारी पाएका छन् ।

content ad p2
No description available.

मन्त्री बन्ने बिषयमा एमाले भित्र बिवाद हुँदा सरोजकुमार यादवले मात्रै सपथसङ्गै भौतिक पुर्वाधार बिकास मन्त्रीको रुपमा पदभार ग्रहण गरे ।उनले प्रदेशको ६४ वटै निर्वाचन क्षेत्रमा पाँच किलो मिटरसम्म कालोपत्रे सडक निर्माण गर्ने योजना रहेको नवनियुक्त भौतिक पुर्वाधार बिकासमन्त्री यादवले बताए ।

यस अघि पनि उनी भौतिक पुर्वाधार बिकासमन्त्री थिए ।उनलाई प्रदेश प्रमुख सुमित्रा भण्डारीले सपथ ग्रहण गराएकि थिइन् ।यता एमालेको इन्ट्रीसङ्गै काङ्ग्रेसबाट मन्त्री रहेका भौतिक पुर्वाधार बिकास मन्त्री कृष्णकुमार यादव, स्वास्थ्य तथा जनसंख्यामन्त्री बिरेन्द्र सिंह र गृह तथा सञ्चारमन्त्री मोहम्मद सलिमलाई भने बर्खास्त गरिएको छ ।मन्त्रि हेरफेरमा एमालेले  चार मन्त्रि  र एक राज्य मन्त्री गरि पाँच मन्त्री पाउनेभनि नवनियुक्त मन्त्री यादवले जानकारी दिए ।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर