Lucky-Khabar_

मधुमेह गर्भावस्थामा भएमा के हुन्छ ?

content ad p2

गर्भावस्थामा मधुमेह भएमा के हुन्छ ?

५फगुन्ग, प्यान्क्रियाज ग्रन्थीले र्भावस्थामा इन्सुलिन हार्मोन राम्रोसँग उत्पादन गर्न नसकेको बेलामा   हुन्छ मधुमेह हुने सम्भावना धेरै  हुन्छ । रगतमा सुगरको मात्रा बढ्दा प्यान्क्रियाजले इन्सुलिन निर्माण थोरै  गर्न पुग्छ ।

गर्भधारण पहिल्यै मधुमेह भएको छ भने मधुमेह नियन्त्रण गरेर मात्रै गर्भधारण गर्न लगाइन्छ । यस्तो अवस्थामा मधुमेह नियन्त्रणमा ल्याएर मात्र गर्भधारण गर्न लगाइन्छ ।

 थाहा कसरि  पाउने त ?

खाली पेटमा रगत पहिलो तीन महिनाभित्र नियमित जाँच गरिन्छ । जुनबेला पनि जाँच गर्दा ब्लड सुगरको मात्रा १४० भन्दा कम हुनुपर्छ । साधारनत्या स्वस्थ मान्छेमा खाली पेटमा रगतको जाँच गर्दा सुगर लेभल १०० भन्दा कम वा कुनै पनि बेला अर्थात् रेन्डम जाँच गर्दा १४० भन्दा कम हुनुपर्छ । १४० भन्दा बढी भएमा मधुमेह भएको मानिन्छ ।

यस्तो अवस्थामा हो कि होइन भनेर थाहा पाउन रगतमा एचबीएवानसी जाँच गरिन्छ । यसमा गर्भवतीको तीन महिनाको रगतभित्रको ब्लड सुगर जाँच गरिन्छ । यसमा रगतको सुगर लेभल १४० भन्दा कटेको छ कि छैन हेरिन्छ । कटेको खण्डमा जोखिम हुन सक्छ ।

जोखिम

महिना नपुग्दै व्यथा लाग्ने, गर्भभित्र रहेको शिशुको वरिपरि पानीको मात्रा बढ्ने जसलाई पोलिहाइड्रानिओस् भनिन्छ, अकस्मात् गर्भ तुहिने जोखिम हुन्छ । गर्भमा शिशुको आकार निकै ठूलो हुन्छ । जसले गर्दा  प्राकृतिक डेलिभरी नभई सिजरिङ डेलिभरी गर्नुपर्ने हुन्छ । सुत्केरीको व्यथा लामो हुने, आमाले बल गर्न नसक्ने, बेहोस हुने, बच्चा ठूलो भएर शिशु अड्किने, स्त्री जनेन्द्रियमा शिशु निस्किने बाटोमा चोट पुग्ने, सुत्केरीपछि अधिक रक्तस्राव हुन सक्ने हुन्छ । गर्भवती कोमामा समेत जान सक्छ ।

उपचार

प्रत्येक महिना रगतमा ब्लड सुगर जाँच गर्ने, बढेको अवस्थामा त्यसलाई नियन्त्रण गर्ने, बच्चा जन्मिसकेपछि आमालाई ब्लडसुगर लेभल समय-समयमा जाँच गर्न सकिन्छ । त्यसबेला सुगर लेभल कम भएमा औषधि खानुपर्दैन । तर सुगर लेभल घटेन भने आजीवन मधुमेहको औषधि खानुपर्ने हुन्छ ।

डा. मीना प्रधान

 शिशु अपांगता हुन्छ ?

मधुमेह मात्र भएको छ भने अपांगता हुने सम्भावना एकदम कम  हुन्छ । बच्चा ठूलो हुने भएकाले प्राकृतिक डेलिभरी गर्दा शिशुको काँध च्यापेर शारीरिक अपांगता हुने जोखिम धेरै  हुन्छ ।

डेलिभरीपछि मधुमेह नियन्त्रण

शिशु जन्माइसकेपछि मधुमेह प्राय: आफैं ठीक हुन्छ । रगतमा ग्लुकोजको मात्रा सामान्य स्तरमा आउँछ । तर बच्चा जन्मिसकेपछि पनि मधुमेह कम नभएमा जीवनभर मधुमेहको औषधि खानुपर्ने हुन्छ । त्यसैले डेलिभरी भएको पाँच-छ महिनापछि मधुमेह परीक्षण गर्नुपर्छ ।

रोकथाम

प्रोटिनयुक्त खानेकुरा माछा, मासु, अण्डा, गेडागुडी धेरै खाने, सुगरको मात्रा बढी हुने चिनी, आँप, चामल, खर्बुजाजस्ता खानेकुरा कम खाने गर्ने  । खानेकुरा  मात्रा मिलाएर खानुपर्ने  । त्यस्तै मौसमी फल र सलाद सेवन गर्ने, खाना खाएपछि हिंड्ने, धुम्रपान र मदिरा सेवन नगर्ने  , सुगर लेभल जाँच गराइरहने  ।

सम्बन्धित खबर

देशभरका नदीमा जलसतह बढ्ने, तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

सरकारी गाडी लिएर क्यासिनो पुगेका सखुवाप्रसौनीका अध्यक्ष यादवसहित ८ जना पक्राउ

लक्की खबर

मधेशका १ सय ६२ जना अझै रसुवा बाढीमा बेपत्ता

लक्की खबर