Lucky-Khabar_

कार्ड गेम पनि खेलाइदै तरपनि प्रशासन मौन,नियमविपरीत खुलमखुला नेपालीलाइ प्रवेश

२० चैत,वीरगञ्ज । बीरगन्जको होटल भिस्वाको क्यासिनोबाट ४ जना नेपालीलाई पर्सा प्रहरीले दुइ साता अगाडि पक्राउ गरेको थियो ।

content ad p2

नेपालीहरुलाई कर्मचारीहरुको मिलोमतोमा क्यासिनोमा  प्रवेश दिलाएको भन्दै ३ जना कर्मचारीसहित ४ जनालाई पक्राउ गरेको थियो l

६ चैतमा प्रहरीले पोखराका प्रताप लामा, सर्लाहीका उमेश कार्की, बीरगन्जका पप्पु सिंह र सुरज कलवारलाई नियन्त्रणमा लिएको थियो । प्रहरीका अनुसार जसमा एक जना नेपाली जुवाडेसहित ३ जना कर्मचारी पक्राउ परेका थिए । अहिले चारैजना धरौटीमा रिहा छन् ।यो घटनाको ठीक १२ दिन पछाडि अर्को क्यासिनोमा नेपाली प्रवेश गरेर विवाद भएको भिडिओ सामाजिक सञ्जालमा भाइरल बन्यो । त्यो भिडिओ हो– दियालो किंग्स रोयल क्यासिनोको ।

भाइरल भिडिओमा नेपाली जुवाडेहरु क्यासिनोका वेटरसंग खाने कुरा माग्दा नदिएपछि दुबै जनाबिच विवाद भएको देखिन्छ, जहाँ ती नेपाली जुवाडेले वेटरमाथि हातपात नै गरेका प्रष्टरुपमा देखिरहेको छ ।

दियालोमा किंग्स रोयल क्यासिनोका यही भिडिओ अहिले सामाजिक सञ्जालमा छ्यापछ्याप्ती छन् । हो, यो भिडिओमा विवाद जेसुकै विषयमा भएपनि यसले एउटा अर्को के खुलासा गरिरहेको छ भने किंग्स रोयल क्यासिनोमा पनि नेपालीहरुलाई सजिलै प्रवेश दिएर जुवा खेलाउने काम भइरहेको छ्, जुन नियमतः गलत हो । यी अधिकांश क्यासिनोमा २ वटा नियमविपरीत काम भइरहेको तथ्यले नै प्रमाणित गरिरहेको छ ।

के छ  क्यासिनो निमावालिमा  त ?

नेपालीलाई प्रवेश दिलाउनु र खेलाउनै नपाइने कार्ड गेम खेलाउने काम क्यासिनो नियमावलीविपरीत हो । क्यासिनोमा खासगरी नेपालीबाहेकालाई प्रवेश पाउँने नियम छ ।

तर वीरगञ्जका क्यासिनोहरुले भने क्यासिनो नियमावली (२०७०) लाई बेवास्ता गर्दै नियमविपरीत क्यासिनोमा नेपालीहरुलाई प्रवेश मात्रै गराइरहेका छैनन्, खेलाउनै नपाइने कार्ड गेम पनि सजिलै खेलाइरहेका छन् ।
“क्यासिनो” भन्नाले पर्यटकको मनोरञ्जनको लागि परम्परागत रुपमा वा आधुनिक मेशिन वा उपकरणको माध्यमबाट क्यासिनोस्थलमा बाजी (वेट) राखी रकम जित वा हार हुने गरी खेलिने खेल सम्झनु पर्छ ।

तर वीरगञ्जका यी सबै क्यासिनोमा भने कार्ड गेम र डेक्रेट कार्ड गेम हुने गरेको छ । जुन नियमावलीले खेलाउँन मिल्दैन ।

कारण– वीरगञ्जका क्यासिनो मिनी क्यासिनो हो, यस्ता खाले क्यासिनोमा कार्ड गेम ‘ब्यान्ड’ हो । तरपनि बीरगन्जका क्यासिनोहरुमा निर्वाधरुपमा कार्ड गेम भइरहेका छन् । कार्ड गेममा तासको फ्लास र म्यारिज खेल हुने गरेको स्रोत बताउँछ ।No description available.

यही नियमावलीमा नेपालीहरुलाई प्रवेश दिने क्यासिनोलाई नियमावली अनुसार त्यसको इजाजतपत्र नै रद्द गर्ने व्यवस्था छ ।

तर क्यासिनो नियमावली २०७६ ले तोकेको खेलहरु भन्दा बाहिरका खेलहरु भइरहेको घटना बाहिर आएपनि प्रशासनिक निकाय भने चुपचाप छ ।

तर कानुन पालना गराउँने निकाय नै नियम उल्लंघन हुने गम्भीर विषयमा मौन बसेपछि यत्र,तत्र सर्वत्र प्रश्न उठिरहेको छ । यो प्रश्न नियमक निकायसंग मात्रै नभइ पर्साका अन्य सुरक्षा निकायका प्रमुखसंग पनि तेर्सिएको छ ।

के भन्छन् सिडिओ ?

पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले क्यासिनोहरुमा नेपाली प्रवेश गराउनु भनेको एकदम गम्भीर त्रुटिको विषय रहेको प्रतिक्रिया दिए ।

बिरगंजमा कति छन क्यासिनो त?

वीरगञ्जमा चारवटा क्यासिनो सञ्चलानमा छन् । वीरगञ्जको क्लार्क रिसोर्ट, भिस्वा होटल, दियालो लर्डस र सुरज होटलमा क्यासिनो सञ्चालनमा छन् ।

क्लार्कमा गोल्डेन फिंगर गेमिङजोन, भिस्वामा सेन्ट्रल मिडिया गेमिङ क्लब, दियालोमा किंग्स रोयल क्यासिनोको नाममा इजाजतपत्र लिएर यी क्यासिनोहरु सञ्चालित छन् । यसैगरी सुरजमा भने फोरचुन सिटीको नाममा क्यासिनो सञ्चालित छ ।


 

सम्बन्धित खबर

क्यासिनो प्रकरणमा गाउँपालिका अध्यक्ष र इन्सपेक्टरसहित आठ जनामाथि थप चार दिन म्याद

लक्की खबर

वार्षिक समीक्षा गोष्ठीमा पाँच स्वास्थ्य संस्था सम्मानित, प्रगतिमा आंशिक कमी

लक्की खबर

तीनकुनेबाट ७०५ थान ग्यास सिलिन्डर बरामद, कालोबजारीको आरोपमा एक पक्राउ

लक्की खबर