५भाद्र,बिरगंज।ठाकुरराम बहुमुखी क्याम्पस बिरगंजमा नेकपा (माओवादी केन्द) निकटको विद्यार्थी संगठन अखिल क्रान्तिकारी ठाकुरराम इकाई कमिटिको सातौं सम्मेलन नयाँ समिति चयन सम्पन्न भएको छ |
अनिश पटेल पुनः अध्यक्षमा दोहोरिए संगै सम्मेलनले पटेलको नेतृत्वमा २१ सदस्यीय इकाई कमिटि सर्वसम्मत चयन गरेको हो । कमिटिको उपाध्यक्षमा गोपाल पासवान, समी अन्सार, महिला उपाध्यक्षमा रुना यादव, सचिवमा चक्रधारी पाण्डे, सहसचिवमा राज पासवान, साजदा खातुन र महिला सचिवमा कृतिका यादव र कोषाध्यक्षमा भारती पटेल चयन भएका छन् ।

सदस्यहरुमा नितेश पटेल, शुभनारायण मण्डल, चन्दन पटेल, निरज सर्राफ, उमाशंकर साह, अशोक कुमार महतो, शम्भु चौरसिया लगायत चयन हुनु भएका छन् । सम्मेलनको अखिल क्रान्तिकारीका उपमहासचिव प्रभाकर गुप्ताले उदघाटन गरेका छन् ।
उद्घाटन गर्दै उनले अखिल क्रान्तिकारी विद्यार्थीको हकहितका लागि निरन्तर रुपमा लड्दै आएको संगठन भएको बताए । सम्मेलनबाट चयन भएको ईकाई कमिटीले पनि विद्यार्थीको बृद्धि विकास र क्याम्पसको शैक्षिक विकासमा खबरदारी गर्दै सक्रिय रहने उनको विश्वास छ ।

कार्यक्रममा संगठनका केन्द्रीय सचिव तथा पर्सा इञ्चार्ज शिवम साहले नवनिर्वाचित कार्यसमितिलाई शपथ ग्रहण गराएका थिए । शपथ ग्रहण गराउँदै उनले ईमान्दारीपूर्वक जिम्मेवारी बहन गर्न पनि सुझाव दिएका छन् ।

कार्यक्रममा संगठनका केन्द्रीय सचिव तथा मधेस प्रदेश प्रमुख सचिव जुबैर आलम, जिल्ला अध्यक्ष कबिराज पटेल, बरिष्ठ उपाध्यक्ष संदीप विक्रम साह, प्रेस सेन्टरका केन्द्रीय सदस्य जगत राइ, प्रदेश सचिव मूनेश लायो मगर, वाइसियल केन्द्रीय सदस्य संतोष पटेल पूर्व जिल्ला अध्यक्ष पिन्टु रौनियार लगायतको उपस्थिति रहेको थियो ।


