५भाद्र,वीरगञ्ज । वीरगञ्ज माईस्थानस्थित केपी स्वर्ण कला केन्द्रका सञ्चालक कन्हैया प्रसाद सोनार ऋण लिएर फरार भएका हुन् ।सोनारले वीरगञ्जस्थित लक्ष्मी बैंक, सिभिल बैंक, प्राईम बैंक लगायतबाट करिब १४ करोड रुपैयाँ ऋण लिएको स्रोतले जनाएको छ ।


जानकारीअनुसार कन्हैया प्रसाद बैंकको १४ करोडसँगै बजारको लाखौ रकम समेत लिएर भारतको सुरतमा लुकेर बसीरहेका छन् । पर्सा सुनचाँदी व्यवसायी संघमा पुनः अध्यक्षमा निर्वाचित भएका भुलन सर्राफका भाई समेत रहेका कन्हैया पटकपटक विवादित बन्दै आएका छन् ।
त्यस्तै पहिलों पटक ९ असार २०७६ मा छापा मारेर प्रहरीले ४१ लाख र चाँदीसहित ७ जनालाई पक्राउ गरेको थियो । छापा मारेर प्रहरीले ४१ लख ९२ हजार नगद र दुई किलो ९ सय ग्राम चाँदीसहित ७ जनालाई पक्राउ गरेको थियो । 
दोस्रो पटक ३० भदौ २०७८ मा पनि प्रहरीले छापामारी गरेको थियो । माईस्थान चौकस्थित कन्हैया प्रसादको आफ्नै घरमा सञ्चालन गरेको केपी स्वर्ण कला केन्द्रमा हुण्डी (अवैध वित्तीय कारोबार) भइरहेको सूचनाको आधारमा प्रहरीले छापा मारेको थियो र प्रहरीले स्रोत नखुलेको ३८ लाख ५१ हजार एक सय रुपैयाँ बरामद गरेको थियो ।



