Lucky-Khabar_

धातुको पाता काट्ने लेजर कटिङ मेसिन वीरगञ्जको कृषि औजार कारखानाकालागि खरिद

१६ असोज,वीरगञ्ज । वीरगञ्जको कृषि औजार कारखानाको लागि धातुको पाता काट्ने अत्याधुनिक लेजर कटिङ मशिन खरिद गरिएको छ ।लामो समयदेखि बन्द रहेको कारखाना चलाउने जिम्मा पाएको राष्ट्रिय आविष्कार केन्द्रले कारखानाका लागि नभई नहुने धातुका पाताहरु काट्ने अत्याधुनिक लेजर कटिङ मशिन खरिद गरेको हो ।

उक्त मेशिनको मुल्य पचास लाख रहेको केन्द्रका प्रमुख बैज्ञानिक डा.महाबिर पुनले बताए । आफनो जिवनी कथाको किताब बेचेर आएको पैसाले कारखानाको लागि उक्त मेशिन खरिद गरिएको उनले बताए ।साथै यसै बर्ष कारखानाको लागि थप दुई करोडको अरु अत्याधिुनिक मेशिनहरु पनि खरिद गरिने पुनले जानकारी दिएका छन ।

content ad p2

धातुको पाता काट्ने अत्याधुनिक लेजर कटिङ मशिन कारखानामा कृषि औजार बनाउने क्रममा प्रयोग हुने तथा अनुसन्धानकर्ताहरुलाई पनि यो मशिन उपलब्ध हुने पुनको भनाई छ ।

लेजर कटिङ मशिनले फलाम,अल्मुनियम लगायतका अन्य धातुहरुलाई काटने भएकाले मेशिनको प्रयोगले काम छिटो छरितो हुने कारखानामा कार्यरत प्रमुख ईन्जनियर रितेश देवले जानकारी दिए ।

अहिले खरिद गरिएको यो मेशिन कृषि ओजार कारखानाको लागि एकदमै काम लाग्ने मेशिन भएको उनले बताए ।

लामो समयसम्म बन्द रहेको कृषि औजार कारखानालाई सरकारले ०७९ असोज ११ गते राष्ट्रिय आविष्कार केन्द्रलाई सञ्चालन तथा व्यवस्थापनको जिम्मा दिएको थियो । केन्द्रले १० किसिमका मशिनहरु समेत तयार गरि सकेको छ ।

सम्बन्धित खबर

चिलिमे जलविद्युत् आयोजनाको टनेलमा फसेकाको खोजी तीव्र, भग्नावशेष पन्छाउँदै उद्धार टोली

लक्की खबर

रोकिएको पर्सा यातायात कार्यालयको भवन निर्माण तत्काल अघि बढाउने मन्त्री थापाको प्रतिबद्धता

लक्की खबर

JHARIMAI CONSTRUCTION ले सुरु गर्‍यो निर्माण सेवा

लक्की खबर