२२असोज्,रौतहट| विद्युतीय मोटरबाट करेन्ट लागेर रौतहटमा एकजना युवकको मृत्यु भएको छ । स्थानीय यमुनालाई गाउँपालिका ५ मिठुअबा गाँउका २६ वर्षीय अस्लोक कुमार महतोको करेन्ट लागेर मृत्यु भएको हो ।

युवक अस्लोक कुमार आफ्नै खेतमा धान बालीमा पानी हाल्न जडान गरिएको मोटरको तार जोडने क्रममा करेन्ट लागेर उपचारको लागी शिवदर्शन अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी राजन कार्कीले बताएका छन् ।

मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको तथा घटना बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी गराएको छ


