२२असोज, रौतहट|रौतहटमा खानेपानी चापाकलमा जडान मोटरबाट करेन्ट लागेर २ जनाको मृत्यु भएको छ |

परोहा नपा – ७ नरकटीया निवासी राजेश प्र. कलवारको श्रीमती र छोरा आफ्नै चापाकलमा कपडा धुदै थियो | सोहि क्रममा मोटर सहित चापाकलामा बिधुतिय करेन्ट लागेर दुवै जनाको मृत्यु भएको भनि परोहा न.पा.नरकटिया मोतिपुर प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक शर्मा यादवले जानकारी गराएको हो

उनको अनुसार मृत्यु हुनेमा राजेश प्र. कलवार को ३६ बर्षीय श्रीमती ललिता देवी कल्वार र छोरा १८ बर्षीय अजित प्र.कलवार हुन् ।



