Lucky-Khabar_

सौराहामा दशैंको टीका र जमरा थाप्दै बाह्रिय पर्यटक पनि

२६ असोज,चितवन। पर्यटकीय नगरी चितवनको सौराहा घुम्न आएका बाह्रिय पर्यटकहरूले दसैँको टिका थापी मनाएका छन् । नेपालीहरूको महान चाड बडादसैँमा नेपाली संस्कृतिको बारेमा बुझ्दै बाह्रिय पर्यटकहरूले सौराहाका विभिन्न होटलमा टीका र जमरा थाप्दै दसैँ मनाएका हुन् ।

content ad p2

चितवनको सौराहास्थित सपना भिलेजका प्रबन्ध निर्देशक धुव्र गिरीले बाह्य पर्यटकहरूलाई टीका र जमरा लगाइदिए। साथै उनले पर्यटकको सेवाका लागि दसैँका दिन पनि होटल खुला राखेको बताए। पालैपालो टीका र जमरा लगाउँदा बाह्य पर्यटकहरू दङ्ग भएका छन् । फ्रान्स, जर्मन र नेदरल्यान्डका गरी २६ जनाले यहाँ दसैँको टीका र जमरा लगाए ।

मोटरसाइकलमा नेपालका विभिन्न ठाँउमा घुम्दै बाह्य पर्यटक २ दिन अघि मात्र यहाँ आएका थिए । ‘नेपाली नागरिक आत्मीय, मित्रवत छन्, नेपाल सुन्दर छ’, फ्रान्सेली नागरिक ह्यारी टोमाले भने, ‘नेपालीहरुका साथमा दसैँ मनाउन पाउँँदा खुसी छु ।’

नेपालमा नेदरल्याण्डस्देखि सौराहा घुम्न आएका ३६ वर्षीय पर्यटक जोनी राइट यस पटक टीका र जमरासँगै नेपालीहरुको पर्व दसैँ मनाउन पाउँदा औधी खुशी देखिन्थे । ‘मैले अरु साथी नेपाल घुम्न आउँदा नेपाली परम्परामा रमाएको कुरा सुनेको मात्र थिएँ, तर आज सौराहा आएर टीका र जमरा लगाएर दसैँ मनाउन पाएँ’, उनले भने।

अर्की बाह्रिय पर्यटक २४ वर्षीया एरिका पनि निकै हर्षित देखिइन् । ‘विभिन्न देशका संस्कृति र परम्परालाई प्रत्यक्ष रूपमा अनुभव गर्न पाइने भएकाले चाडपर्वका बेला घुम्न आउँछु’, उनले भनिन् । सौराहामा यतिबेला पर्यटकीय याम सुरु भइसकेको छ ।

यहाँ आउने बाह्य पर्यटकलाई हरेक होटलले दसैँ मनाउने परम्परा बनाएका छन् । ‘हामीले विगतमा पनि यसरी पर्यटकहरुलाई दसैँमासगैँ राखेर मनाएका थियौँ’, होटल सञ्चालक गिरीले भने ।

पछिल्लो २दिनयता यहाँ तेस्रो मुलुकका झण्डै ३५ प्रतिशत पर्यटक सौराहा घुम्न आएका क्षेत्रीय होटल सङ्घका अध्यक्ष गङ्गा गिरीले भने । पर्यटकलाई यहाँका वन्यजन्तुले मात्र तान्दैन, दसैँ, तिहारलगायत चाडबाडले पनि आकर्षित गर्ने गरेको छ ।

सम्बन्धित खबर

देवानगञ्ज घटनापछि लहानमा तनाव, स्थिति नियन्त्रण गर्न प्रहरीले गर्‍यो हवाई फायर

लक्की खबर

धर्मभन्दा माथि राष्ट्रिय एकता : संसदमा नेता रहबर अन्सारीको सन्देश

लक्की खबर

हजारौं श्रद्धालुको सहभागितामा वीरगञ्जमा श्री गहवामाईको चौथो रथयात्रा सम्पन्न

लक्की खबर