Lucky-Khabar_

डेङ्गु संक्रमणले गर्दा बाङ्लादेशमा २ हप्तामा ४७ को मृत्यु

२७ असोज,ढाका । डेङ्गु सङ्क्रमयाबाट बाङ्लादेशमा थप ९ जनाको मृत्यु भएको शनिबार रिपोर्ट गरिएको छ । यो वर्षको सबैभन्दा उच्च दैनिक मृत्युदर हो ।

content ad p2

जनवरीदेखि हाल सम्म डेङ्गु सङ्क्रमणबाट मृत्युको सङ्ख्या २१० पुगेको छ भनि जानकारी भएको छ ।

सेप्टेम्बरमा ८० जनाको मृत्यु भएको तथा चालु महिनामा हालसम्म ४७ जनाको मृत्यु भइसकेको बाङ्लादेशको स्वास्थ्य सेवा महानिर्देशनालय (डीजीएचएस) ले बताएको छ ।

डिजिएचएसका अनुसार गत २४ घण्टामा डेङ्गुको ९१५ वटा नयाँ संक्रमण पुष्टि भएको छ भने यस महिनाको कुल सङ्क्रमण सख्या दश हजार ८७२ पुगेको छ ।

यो बर्स अहिलेसम्म ४१ हजार ८१० डेङ्गुका घटना दर्ता गरेको डीजीएचएसले जनाएको छ भने थप फैलावट रोक्न, बाङ्लादेशी स्वास्थ्य अधिकारीहरूले लामखुट्टे नियन्त्रण अपरेसनहरू सञ्चालन गर्ने जनाएका छन् ।

बाङ्लादेशमा सन् २०२३ मा डेङ्गु सङ्क्रमणबाट एक हजार ७०५ जनाको मृत्यु भएको थियो, जुन अहिलेसम्मको सबैभन्दा उच्च वार्षिक मृत्यु सङ्ख्या हो ।

एडिसजातको लामखुट्टेको टोकाइबाट डेङ्गु ज्वरो संक्रमित सर्ने भाइरल रोग हो । डेङ्गु लागेका बिरामीहरूमा टाउको दुख्ने, उच्च ज्वरो आउने, मांसपेशी र जोर्नी दुख्ने, बान्ता हुने जस्ता लक्षणहरू देखा पर्छन् ।

सम्बन्धित खबर

पर्सामा रास्वपाद्वारा भव्य रक्तदान कार्यक्रम, हजारौँ सहभागी

लक्की खबर

वरिष्ठ मेडिकल जनरलिष्ट डा. सुभाषकुमार चौधरी स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्डबाट सम्मानित

लक्की खबर

नेशनल मेडिकल कलेज र डि.ए.भी. आर.बी. केडिया स्कूलबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

लक्की खबर