Lucky-Khabar_

हेटौँडा–कुलेखानी–फाखेल–काठमाडौं जाँदा वैकल्पिक सडक प्रयोग गर्न जानकारी

२७ असोज, मकवानपुर । हेटौँडा–कुलेखानी–फाखेल भएर काठमाडौं जाने सडकअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२ र ३ स्थित हेभीमा बाटो सुचारु नभईजेल वैकल्पिक सडक प्रयोग गर्न प्रहरीले जानकारी गराएको छ ।

हेटौँडाबाट काठमाडौं जाँदा त्रिभुवन राजपथ र कान्ति लोकपथ भएर यात्रा गर्न इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक ललिता ढकालले आग्रह गरिएको बताइन् ।

content ad p2

कुलेखानी, सिमखोलानजिक हेभीको उकालोमा साना गाडीहरू चढ्न नसक्ने गरी सडक बिग्रिएको छ । प्रहरीले सवारीसाधनलाई भैँसेबाट त्रिभुवन राजपथको पालुङ हुँदै काठमाडौंतर्फ पठाइरहेको उनले जानकारी दिइन् । एजेन्सी

सम्बन्धित खबर

स्वास्थ्यकर्मीमाथि आक्रमणको विरोधमा आन्दोलन चर्कियो, नारायणी अस्पतालका ६५ चिकित्सकको सामूहिक राजीनामा

लक्की खबर

देशकै पहिलो नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज उद्घाटन हुँदै

लक्की खबर

‘जनताको नेता जनता माझ’ अभियान : पर्सा–२ का सांसद सुशील शाह कानु घरदैलोमै, एक–एक मतदातासँग प्रत्यक्ष संवाद र समस्या सुन्दै विकासको प्रतिबद्धता

लक्की खबर