Lucky-Khabar_

डडेल्धुरामा धान कुटाउन गएकी किशोरीको हत्या आरोपमा ५८ वर्षीय पुरुस पक्राउ

२७ असोज,डडेल्धुरा |डडेल्धुराको पोखरामा शनिबार १४ वर्षीया आरती भट्टराईको हत्या आरोपमास्टेशनरी व्यापारी ५८ वर्षीय टेकबहादुर भण्डारी भण्डारी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ।

। घटनास्थल नजिकै भण्डारीको पोखरा बजारमा भण्डारी पुस्तक एण्ड स्टेस्नरी पसल छ। पसलभित्र आवेगमा आएर भट्टराईको घाँटी थिची हत्या गरेको भण्डारीले स्वीकार गरेका छन्,’ श्रेष्ठले भने। स्थानीय बासिन्दाले बलात्कारपछि हत्या भएको जिकिर गर्दै आएका छन्। भनि डडेल्धुरा प्रहरीका प्रमुख तथा प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले बताएका छ |

डीएसपी श्रेष्ठले भने पोष्टमार्टम रिपोर्ट आइनसकेको र त्यसबारे अहिल्यै केही भन्न नसकिने बताए। ‘जबरजस्तीकरणी गर्न खोज्दा किशोरीले अस्वीकार गरेपछि आवेगमा आएको पनि हुनसक्छ, अनुसन्धान हुदैछ भनि जिल्ला प्रहरी प्रमुख श्रेष्ठले जनाए ।

content ad p2

डीएसपी श्रेष्ठका अनुसार १४ वर्षीया किशोरी भट्टराई २५ गते बेलुका ४ बजे घरबाट धान कुटाउनका लागि बजार नजिकै मिलका लागि हिँडेकी थिइन्। ‘भण्डारीसँग ती किशोरीको चिनजान एक वर्ष पहिलेदेखि थियो,’ भने, ‘पसलमा कुराकानीकै क्रममा आवेशमा आएका भण्डारीले पसलभित्रै किशोरीको हत्या गरेको बताएका छन्। हत्यापछि भण्डारीले प्लास्टिकको बोरामा किशोरीको शव हालेको स्वीकारेका छन्।’

हत्यापछी भाग्नका लागि स्याउलेसम्म पुगेका भण्डारी फर्किएर तुफानडाँडामा मदिरा सेवन गरेको अनुसन्धानबाट खुलेको छ। ‘मदिरा सेवन गरेर पोखरा फर्किएका उनले पसल अगाडि राखेको आरतीको शव व्यवस्थापनको प्रयास गरेको देखिन्छ भनि डीएसपी श्रेष्ठले बताए ‘शव व्यवस्थापनको क्रममा कुकुर भुकेपछि उनी मोटरसाइकलसहित नालीमा परेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ। शव भने बजार छेउमै फालेर घर गएका रहेछन्।’ उक्त ठाउँमा मृत किशोरी फेला परेको भन्दै प्रहरीलाई ११ बजे खबर भएको थियो भनि जानकारी प्राप्त भएको छ |

सम्बन्धित खबर

मलद्वारमा खैरो हेरोइन लुकाएर ल्याउँदै गरेका दुई पक्राउ

लक्की खबर

धादिङमा छोराको फलामे छड प्रहारबाट बाबुको मृत्यु, आरोपी पक्राउ

लक्की खबर

भारतबाट भन्सार छली ल्याइँदै गरेका २४ लाख बराबरका ३८ आईफोन बरामद, तस्कर फरार

लक्की खबर