३कार्तिक्, वीरगञ्ज। समाजवादी युवा संघ नेपाल पर्साद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा पार्टीको महासचिव तथा मधेश प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउतको प्रमुख उपस्थितिमा ३ दर्जनभन्दा बढी युवाहरुले जसपा नेपालमा प्रवेश गरेका छन्।

जिल्ला अध्यक्ष रामनरेस यादव, वीरगञ्ज महानगरपालिका वडा नं. ११ का अध्यक्ष अजय चौरसिया, जसपा नेपाल वीरगञ्ज महानगर अध्यक्ष निरञ्जन पटेल, समाजवादी युवा संघ नेपाल पर्साका अध्यक्ष इजहारुल हवारी, तथा समाजवादी युवा संघ वीरगञ्ज महानगर अध्यक्ष आकाश गिरिको समेत उपस्थिति रहेको उक्त कार्यक्रममा वीरगञ्ज रमगढवाका बिनय पटेल, बहुदरमाई नगरपालिकाका राज पटेल, वीरगञ्ज महानगर वडा नं. २ छपकैयाका मो. अखिल ठकुरीको नेतृत्वमा युवाहरुले पार्टी प्रवेश गरेका हुन्।

त्यस्तै पार्टी प्रवेश गरेका युवाहरुले जसपाको नीति, सिद्धान्त र पार्टीप्रतिको विश्वासका कारण आफूहरुले पार्टीमा प्रवेश गरेको बताएका छन्। प्रमुख अतिथि लालबाबु राउतले नवप्रवेशीहरुलाई स्वागत गर्दै पार्टीले युवा शक्ति र उत्साहलाई सम्मान गर्ने बताउनुभयो। उहाँले मुलुकको समृद्धि र मधेशको विकासका लागि जसपाले महत्वपूर्ण भूमिका खेल्ने पनि दाबी गर्नुभयो।
कार्यक्रममा सहभागी भएका युवा नेताहरुले नयाँ जोश र जागरका साथ पार्टीको पक्षमा काम गर्ने प्रतिबद्धता जनाएका छन्।



