४ कात्तिक,काठमाडौँ ।पुर्व उपप्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको समर्थममा पोखरामा गरिएको प्रदर्शनका क्रममा १ महिला पक्राउ परेकी छन् ।

आइतबार केहीबेर अघि ती प्रदर्शनकारी महिलालाई नियन्त्रणमा लिएको हो। उनले कोही सहकारी पीडित नभएको भन्दै सकारको कडा आलोचना गरिरहेको बेला प्रहरीले नियन्त्रणमा लिएको हो ।

कास्कीमा प्रहरीले निषेधाज्ञा जारी भएका स्थान पार गर्न खोजेपछि प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरिएको हो।


