Lucky-Khabar_

जनकपुर बोल्ट्सको एनपीएलमा लगातार दोस्रो जीत

१७ मंसिर,काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा जनकपुर बोल्ट्सले लगातार दोस्रो जीत हासिल गरेको छ । आज भएको खेलमा जनकपुरले कर्णाली याक्सलाई ८ विकेटले हरायो ।

कर्णालीले दिएको १ सय ४२ रनको लक्ष्य जनकपुरले १५ ओभर १ बलमा मात्र २ विकेट गुमाएर भेटायो । जनकपुरका कप्तान अनिल शाहले नटआउट ६२ रन बनाए । यस्तै आसिफ शेखले ३६ रन जोडे । कर्णालीका मौसम ढकाल र जीशान मक्सूदले १/१ विकेट लिए ।

content ad p2


कीर्तिपुरमा यसअघि टस जितेर ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४१ रन बनायो । कर्णालीका गुल्सन झाले ३६, अर्जुन घर्तीले ३३, कप्तान सोमपाल कामीले नटआउट २९ रन बनाए । यस्तै भारतीय खेलाडी शिखर धवन १४ रनमा आउट भए । जनकपुरका मोहम्मद मोहसिनले २ विकेट लिए ।

जनकपुरलेयसअघि उद्घाटन खेलमा विराटनगर किङ्ग्सलाई हराएको थियो ।

सम्बन्धित खबर

विश्वकप फुटबल : स्पेन–अस्ट्रिया र पोर्चुगल–क्रोएशियाबीच आज रोमाञ्चक प्रतिस्पर्धा

लक्की खबर

नारायणी रङ्गशाला स्तरोन्नतिका लागि १५ करोड ५० लाख बजेट, फ्लडलाइटदेखि कभर्डहलसम्मका कामले गति लिने

लक्की खबर

अन्तर्राष्ट्रिय क्रिकेट वरीयतामा नेपाली खेलाडीको सानदार सुधार: दीपेन्द्र र सन्दीपको छलाङ

लक्की खबर