Lucky-Khabar_

देवाही गोनाही नगरपालिकामा “राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य दिवस २०८१´´मानाईयो

२०मंसिर,रौतहट।आज देवाही गोनाही नगरपालिका रौतहटमा“राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य दिवस २०८१´´मानाईयो।
उक्त कार्यक्रम अभियान नेपाल,वन हौट र केयर नेपालको सहयोगमा भएको छ।

कार्यक्रममा महिला तथा समाजको स्वास्थ्य सुधारमा महिला स्वयंसेविकाबाट धेरै योगदान भैइरहेको भनी प्रेमपुर गोनाही स्वास्थ्य चौकी प्रमुख साधो बैठाले बताउनु भयो ।
त्यस्तै देवाही गोनाही नगर प्रमुख प्रेम लाल साहले स्वास्थ्य क्षेत्रमा महिला स्वास्थ्य सेविका ठुलो योगदान रहेको र नगरपालिका द्वारा सधैं सहयोग र योगदान रहनेछ भनी मन्तव्यमा राख्नु भयो।
कार्यक्रममा सबै महिला स्वयंसेविकाहरुलाई नगरपालिकाको पदाधिकारीद्वारा खादा कम्बल ओढाएर सम्मानित गरेको छ।

content ad p2

कार्यक्रम प्रमुख अथिती देवाही नगरपालिका प्रमुख प्रेम लाल साह्को उपस्तिथि तथा देवाही गोनाही नगरपालिका वार्ड न.८ का वडा अध्यक्ष बिजय पाटेलले समाजमा स्वास्थ्य सम्बन्धिमा सराहनीय योगदान पुरयाउने कार्य गर्छ भनी आफ्नो राख्दै कार्यक्रम सामापन गरेको छ।

उक्त कार्यक्रममा नगरपालिकाको वडा न.७ को वडा अध्यक्ष उपेन्द्र यादव,नगरपालिका प्रशासकीय प्रमुख सन्देश यादव,८न. वडा सदस्य राधेश्याम पटेल,नौ वडा को स्वास्थ्य चौकी प्रमुख विशेषज्ञ वडा न.९ (धरहरि)स्वास्थ्य चौकी प्रमुख अनिल पटेलको र नगर भरिका महिला स्वास्थ्य स्वयंसेविका हरुको उपस्थित रहेको थियो।
?

सम्बन्धित खबर

रसुवामा हैजाको जोखिम बढेपछि २१ हजार डोज खोप पठाइयो

लक्की खबर

रसुवा बाढीपीडितका लागि नेशनल मेडिकल कलेज वीरगञ्जमा रक्तदान, ६८ पिन्ट रगत संकलन

लक्की खबर

कांग्रेसका पूर्वसभापति अमात्यलाई हृदयाघात, काठमाडौं लैजाने तयारी

लक्की खबर