Lucky-Khabar_

अन्तत फेरी महानगरपालिकाले खाली गरायो वीपी उद्यानको जग्गा

२१ पुष,वीरगञ्ज ।आज आईतवार वीरगञ्ज महानगरपालिकाले घण्टाघरस्थित बिपी उद्यानको जग्गा खाली गराएको छ ।महानगरपालिकाको डोजर लगाएर बिपी उद्यान क्षेत्रमा रहेको अवैध अतिक्रमण हटाउन शुरु गरेको हो ।

content ad p2

आजबाट बिपी उद्यानको खाली गराइएको जग्गामा पार्क निर्माणको काम शीघ्र थालिने महानगर प्रमुखका सल्लाहकार हरि पोखरेलले जानकारी दिए ।पहिलो चरणमा आज उत्तर पट्टिको अतिक्रमण हटाइएको र भोली महानगरको डोजर दक्षिण तर्फको अतिक्रमण हटाईने पोखरेले बताए ।

महानगरपालिकाको प्रारम्भिक योजना अनुसार, पार्कभित्र मनोरञ्जनात्मक गतिविधिहरू, खेलकुदको व्यवस्थापन, र वरिष्ठ नागरिकहरूको सुविधाका लागि समर्पित स्थान निर्माण गरिने महानगरका प्रमुख राजेशमान सिंहले बताए । पार्क निर्माणपछि स्थानीयले हरियाली वातावरण र मनोरञ्जनको नयाँ अवसर पाउने मेयर सिंहको दाबी छ । यसले महानगरको समग्र रूपान्तरण योजनामा ठूलो योगदान दिने विश्वास महानगरको छ ।

पहिलो पटक १५ दिनको र दोश्रो पटक ७ दिनको समयावधि तोकेर जग्गा खाली गराउन दुई पटक सूचना जारी गरेको थियो । पहिलो पटक गत मङ्सिर २६ गते १५ दिन र दोश्रो पटक पुस १२ गते पुनः ७ दिनको अल्टिमेटमसहित दोस्रो सूचना महानगरपालिकाले जारी गरिएको थियो ।

सम्बन्धित खबर

रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा ठूला ढुंगा, ८ कामदारको खोजी जारी

लक्की खबर

भारतीय राजदूत नवीन श्रीवास्तवलाई वीरगञ्जमा बिदाइ

लक्की खबर

देशभरका नदीमा जलसतह बढ्ने, तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर