Lucky-Khabar_

महिला यु-१९ विश्वकपमा नेपाल समूहचरणबाटै बाहिरियो

९माघ,काठमाडौं | आइसीसी महिला यु-१९ विश्वकपको नेपाल समूह चरणबाटै बाहिरिएको छ। अष्ट्रेलियासँग ८३ रनले पराजित हुँदै नेपाल समूह चरणबाटै बाहिरिएको हो।

content ad p2

मलेसियामा बुधबार टस जितेर ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाएर १३९ रन बनायो। अष्ट्रेलियाका लागि काइम्हे ब्रेले सर्वाधिक ४५ रन बनाइन्। त्यस्तै इलिनोर लरोसाले ३१, अर्सत गिलले ३० र च्लोए अनिसवर्थले १६ रन बनाए। नेपालका लागि पूजा महतोले ३, सीमा केसीले २ र रिया शर्माले १ विकेट लिए।

जवाफी ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा ५६ रनमात्र बनाउन सक्यो। नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक १८ रन बनाइन्। अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्। यसअघि नेपाल बंगलादेश र स्कटल्यान्डसँग पराजित भएको थियो।

सम्बन्धित खबर

आईसीसी विश्वकप लिग–२: नेपालमा त्रिदेशीय सिरिज सुरु, पहिलो खेलमा नेपाल स्कटल्याण्डसँग पराजित

लक्की खबर

आईसीसी विश्वकप लिग–२ का लागि १५ सदस्यीय नेपाली टोली तयार

लक्की खबर

नेपालको इनिङ: आसिफ र अर्जुनको बलियो साझेदारी

लक्की खबर