Lucky-Khabar_

जनमत पार्टीमा एकै दिनमा एक सय भन्दा बढी प्रवेश

१२माघ,वीरगन्ज| जनमत पार्टीमा एकै दिनमा एक सय भन्दा बढी प्रवेश गरेका छन | वीरगन्ज महानगर वडा नम्बर -८ एकाई समिति द्वारा आयोजित भेला तथा पार्टी प्रवेश कार्यक्रममा स्थानीय प्रभावशाली नेता हिरालाल रामको नेतृत्वमा १  सय ४  जना महिला एवं पुरुष विभिन्न पार्टी परित्याग गरि जनमत पार्टीमा प्रवेश गरेका छन् ।

content ad p2

नव प्रवेशीहरुलाई कार्यकारिणी सदस्य माधव सिह, जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फ,केन्द्रिय सदस्य बिध्यालाल प्रसाद, रम्भा मिस्र लगायतले टीका र गम्छालाई पार्टीमा स्वागत गरेका थिए।
प्रवेश गर्नेहरुमा बिजय राम,ध्रमेन्द्र राम,बिपिन राम,बच्चा प्रसाद कलवार,राम अग्या साह,पन्नादेवी,शिला देवी, राजेश राम,बाबुराम,हिरामन लगायत रहेका छन्।


पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फले भने अन्य पार्टीहरुले देशलाई दल दलमा फसाए, मुलुक टाट पल्टिने अवस्थामा पुर्याई दिएका छन् ,देशमा ब्याप्त बेरोजगारी ,अशिक्षा,भ्रस्टाचारले जडा गाडेको छ, निशुल्क शिक्षा ,स्वास्थ र स्वदेश मै मान सम्मानको साथ रोजगारीको सुनिश्चितता गर्न जनमत पार्टी एकमात्र विकल्प रहेकोले सबैलाई जनमत पार्टीमा गोलबन्द भई एक पटक मौका दिन आग्रह गरे।


वडा इकाई अध्यक्ष रामजी रौनियारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रममा केन्द्रिय सदस्य सिमा गुप्ता, महानगर अध्यक्ष महादेव शर्मा,महिला जिल्ला अध्यक्ष अन्जना गुप्ता, ब्रीजकिशोर कलवार, ब्रीजेस्वर चौधरी ,युवा अध्यक्ष उदय यादव , युवा दस्ता अध्यक्ष मनोज साह, युवा महानगर अध्यक्ष संजय सिह, छोटेलाल चौरसिया, सन्तोषी महतो,संजय सरार्फ,लोकेश कर्ण ,राज साह,सिकेन्द्र राम,लगायतको सक्रिय सहभागीता रहेको थियो भने कार्यक्रमको सहजीकरण विद्यार्थी जिल्ला अध्यक्ष बिबेक कुमार झाले गरेका थिए।

सम्बन्धित खबर

विपद्मा परेका नागरिकमाथि साइबर बुलिङ गरे रास्वपाबाट तत्काल निष्कासन : रवि लामिछाने

लक्की खबर

ड्युटीमा खटिएकी महिला प्रहरीमाथि कुटपिट गर्ने युवकविरुद्ध दुई कसुरमा ५ दिनको म्याद थप

लक्की खबर

मधेश यात्राको लागि रविको तालिका बनाउँदै रास्वपा, ७ जिल्ला र प्रदेशको अधिवेशन गराउने

लक्की खबर