Lucky-Khabar_

वीरगन्ज कपडा बैंक द्वारा मनियारीमा नि:शुल्क कपडा वितरण कार्यक्रम सम्पन्न ।

२४ माघ,वीरगन्ज|वीरगन्ज कपडा बैंक द्वारा वीरगन्ज २२ मनियारिमा नि:शुल्क कपड़ा वितरण कार्यक्रम सुसम्पन्न गरेको छ।
चिसोको समयमा बिपन्न असहायहरुको जनजिवन कष्टकर हुने भएकोले आज को दिन निशुल्क कपडा वितरण गरिएको प्रमुख अतिथी बैंकका बरिस्ठ सल्लाहकार अधिवक्ता प्रकाश कुमार उपाध्यायले बताउदै दिन दुखी असहायको सेवा सहयोग नै मानवको सर्बोत्तम धर्म भएकोले सम्पुर्णलाई आआफ्नो आम्दानिको ५ देखि १०% समाजिक सेवामा खर्चिएर मानवता बलियो बनाउनु पर्नेमा जोड दिनुभयो ।

content ad p2

प्रत्येक दिन आइतबार देखि शुक्रवार सम्म बिहान १०.३० देखि ५ बजे सम्म आफ्नो कार्यालय वीरगन्ज -८ बाट दिन दुखी असहायलाई नि:शुल्क कपड़ा उपलब्ध गराउदै आएको बैंकले राज होजियरी बाट सहयोग ११० थान नया स्वेटर एवं ट्रयाकसुट को साथै अन्य पुराना गरि जम्मा १ हजार थान कपड़ा वितरण गरिएको सदस्य निला कुमारी रामले बताए ।
वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबू सिंहको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथी बैंकका सल्लाहकार वरिष्ठ समाजसेवी अधिवक्ता प्रकाश कुमार उपाध्याय ,अतिथीमा वीरगन्ज महानगर -२२ का वडा सदस्य उर्मिला देवि राम,स्थानिय समाजसेवीहरु बुनेल राम,दिपक साह,द्वारका प्रसाद यादव, असर्फी प्रसाद यादव ,बैंकका सल्लाहकार सामुदायिक प्रहरी कुम्हालटोलका सचिव श्रवण बहादुर रायमाझी, उपाध्यक्ष समाजिक अभियन्ता प्रकाश थारु ,सदस्य सन्जय मण्डल, कर्मचारी शोभा देवि लगायत स्थानिय अग्रज,महिला युवाहरुको बाक्लो सहभागिता रहेको थियो ।

सो अवसरमा अध्यक्ष सिंहले तपाईं संग धेरै छ भने हामिलाइ दिनुस र तपाइलाइ आवश्यक छ कमि छ भने हामी संग निशुल्क लियेर जानुस को मुल मन्त्रलाइ आत्मसात गरि विगत ६ वर्षदेखि बिपन्न असहायहरुको सेवा सहयोग गर्दै आइरहेको र यो हामी सबैको साझा प्रयास सहयोगले दिन दुखी असहायको सेवा सहयोग हुने र त्यो नै मानवको सर्बोत्तम धर्म भएको भन्दै सम्पुर्ण लाई आआफ्नो ठाउबाट दिन् दुखी असहायको सेवा सहयोग गर्न आग्रह गर्दै मानवताप्रेमी सहयोगी दाता, सुभेच्छुक ,संचारकर्मि, सल्लाहकार,पदाधिकारी सदस्यजन एवं सहभागी सम्पुर्णलाइ स्वागत धन्यवाद व्यक्त गरेका थिए ।

सम्बन्धित खबर

सरकार–चिकित्सकबीच पाँच बुँदे सहमति, देशभरको चिकित्सक आन्दोलन फिर्ता

लक्की खबर

मन्त्रिपरिषद्का विभिन्न निर्णय सार्वजनिक:सरकारद्वारा ९ विधेयक संसद्मा पेश गर्न स्वीकृति

लक्की खबर

वीरगञ्जका ३२ वटै वडा कार्यालयका सेवा अनिश्चितकालका लागि ठप्प, पक्राउ परेका वडाध्यक्षको रिहाइको माग

लक्की खबर