Lucky-Khabar_

आजबाट वीरगञ्जमा मधेस प्रदेशकै सर्वाधिक धनराशीको दोस्रो वीरगञ्ज २०८१ गोल्डकप सुरु

१७ फागुन,वीरगञ्ज ।आजबाट वीरगञ्जमा मधेस प्रदेशकै सर्वाधिक धनराशीको दोस्रो वीरगञ्ज २०८१ गोल्डकप सुरु हुदै छ । वीरगञ्जको आर्दशनगर रंगशालामा अपरान्ह २ बजे खेलको उदघाटन हुने आयोजक भेट्रान सिटी क्लब वीरगञ्जले जानकारी दिएको छ ।

खेलको उदघाटन वीरगञ्ज महानगरपालिका नगर प्रमुख राजेशमान सिंहले गर्ने छन् । खेल फागुन २४ गतेसम्म सञ्चालन हुने आयोजक क्लबका उपाध्यक्ष सागर सम्शेर जबराले जानकारी दिए । वीरगञ्ज महानगरपालिकाको मुख्य प्रायोजकमा हुन लागेको प्रतियोगितामा नेपाल तथा भारतीय शहरका टोलीहरुको सहभागिता रहेको छ ।

content ad p2

आजको पहिलो खेल वीरगञ्ज युनाइटेड र गरवाल डाइमण्ड फुटबल क्लबबीच २.३० बजे हुने आयोजकले जनाएको छ । नकआउट चरणमा खेलाईने प्रतियोगितामा राष्ट्रिय स्तरका आठ फुटबल टिमले सहभागिता जनाएका छन् ।

प्रतियोगितामा सङ्कटा फुटबल क्लब, मच्छिन्द्र फुटबल क्लब, बागमती यूथ क्लब सर्लाही, नेपाल पुलिस क्लब, गरवाल डाइमण्ड फुटबल क्लब दिल्ली, एपिआई चर्च ब्वाइज युनाइटेड, काठमाडौं, सलहेश फुटबल क्लब सिराहा र आयोजक वीरगञ्ज युनाइटेड क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको विजेता टोलीलाई नगद ११ लाख ११ हजार एक सय एघार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेता टोलीलाई पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिने प्रतियोगिता संयोजक सुबोधकुमार श्रीवास्तवले जानकारी दिए ।

सम्बन्धित खबर

आईसीसी विश्वकप लिग–२: नेपालमा त्रिदेशीय सिरिज सुरु, पहिलो खेलमा नेपाल स्कटल्याण्डसँग पराजित

लक्की खबर

आईसीसी विश्वकप लिग–२ का लागि १५ सदस्यीय नेपाली टोली तयार

लक्की खबर

नेपालको इनिङ: आसिफ र अर्जुनको बलियो साझेदारी

लक्की खबर