Lucky-Khabar_

दोश्रो वीरगञ्ज गोल्डकपको सेमीफाईनल समिकरण पूरा,मच्छिन्द्र फुटबल क्लब २–१ अन्तरले बिजयी

२० फागुन,वीरगञ्ज ।आज वीरगञ्जको आर्दशनगर रंगशलामा भएको खेलमा एपिआई चर्च ब्वाइज युनाइटेड क्बलबीलाई २–१ गोल अन्तरले पराजित गर्दै सेमीफाईनलमा प्रवेश गरेको हो । मच्छिन्द्र फुटबल क्लब वीरगञ्जमा जारी दोश्रो वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगीताको सेमीफाईनलमा प्रवेश गरेको छ ।

निर्धारित समाय दुवै टिमले बराबर गोल गरेपछि पाँच मिनेटको अतिरिक्त समयको अन्तिम समयमा मच्छिन्द्रका क्याप्टेन रेजिन सुब्बाले थप एक गोल गरेर जित दिलाए । मच्छिन्द्रको यो जितसँगै वीरगन्ज गोल्डकपको सेमीफाईनल समिकरण पूरा भएको छ ।

content ad p2

भोलीको पहिलो सेमीफाईनल खेल वीरगन्ज युनाईटेड र नेपाल पुलिस क्बलबीच हुने आयोजकले जनाएको छ । मधेस प्रदेश कै सर्वाधिक धनराशी भएको दोस्रो वीरगन्ज गोल्डकप प्रतियोगितामा विजेता टोलीलाई नगद ११ लाख ११ हजार एक सय एघार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेता हुने टोलीलाई पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिनेछ ।

सम्बन्धित खबर

आईसीसी विश्वकप लिग–२: नेपालमा त्रिदेशीय सिरिज सुरु, पहिलो खेलमा नेपाल स्कटल्याण्डसँग पराजित

लक्की खबर

आईसीसी विश्वकप लिग–२ का लागि १५ सदस्यीय नेपाली टोली तयार

लक्की खबर

नेपालको इनिङ: आसिफ र अर्जुनको बलियो साझेदारी

लक्की खबर